पाकिस्तान र बंगलादेशको भ्रमण गरेर नेपाली सेनाको टोली फिर्ता (फोटोफिचर) | Khabarhub Khabarhub

पाकिस्तान र बंगलादेशको भ्रमण गरेर नेपाली सेनाको टोली फिर्ता (फोटोफिचर)


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेश र पाकिस्तान भ्रमणमा गएको नेपाली सेनाको ‘सैनिक कमाण्ड तथा स्टाफ कलेज’को टोली स्वदेश फर्किएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुले एक साता लामो बंगलादेश र पाकिस्तानको भ्रमण गरेर स्वदेश फर्किएको जानकारी दिएको हो ।

बंगलादेश गएको ४० सदस्यीय टोलीको नेतृत्व सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले गरेका थिए भने सोही कलेजका मुख्य शिक्षक महासेनानी विमलराज शर्माको नेतृत्वमा ४७ जनाको टोली पाकिस्तान पुगेको थियो ।

 दुवै टोलीले स्थल,जल र हवाई सेनाका निकायहरु, महत्वपूर्ण औद्योगिक स्थल एवं समकक्षी कलेजहरुको स्थलगत भ्रमण गरेको निर्देशनालयले जनाएको छ ।

यस्ता भ्रमणले समसामायीक सैनिक विषयहरुमा ज्ञान हासिल गर्न मद्दत पुग्नुका साथै सैन्य कुटनितिमा समेत सकारात्मक प्रभाव पर्ने सेनाले विश्वास लिएको छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : ४३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०