जावाको पेराक मोटरसाइकल नेपाली बजारमा | Khabarhub Khabarhub

जावाको पेराक मोटरसाइकल नेपाली बजारमा


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले जावा मोटरसाइकलको बीएस–सिक्स इन्जिनयुक्त जावा पेराकको बिक्री सुरु गरेको छ।

अग्नि मोटो इंकको सबै शाखा र डिलरमा टेस्ट राइडकाे समेत व्यवस्था छ।

जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ। यसले ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्छ। जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली रहेको कम्पनीकाे भनाइ छ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको, पछाडि मोनोशक सस्पेन्सन रहेको छ। दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको बाइकमा जावा पेराकमा डुअल च्यानल एबीएस पनि रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार जावा पेराकको सुरुवाती मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको छ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : २८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन