दीपिका बनिन् ‘बलिउडकी प्रिय अभिनेत्री’ | Khabarhub Khabarhub

दीपिका बनिन् ‘बलिउडकी प्रिय अभिनेत्री’


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्ना समकालिन अभिनेत्रीलाई पछि पार्दै ‘बलिउडकी प्रिय अभिनेत्री’ बनेकी छन् ।

ओरम्याक्स मिडियाले सामाजिक सञ्जालमा फ्यानको उपस्थिति तथा अनलाइन भोटिङमार्फत गरिएको सर्वेक्षणमा दीपिकालाई सर्वाधिक भोट प्राप्त भएको थियो ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार बलिउडकी ‘मस्तानी’का रुपमा परिचित दीपिकाको पछिल्लो फिल्म ‘छपाक’ हो । उनी चाँडै नै शाहरुख खानसँग फिल्म ‘पठान’मा देखिँदैछिन् ।

अभिनेत्री आलिया भट्ट मत परिणाममा दोस्रो स्थानमा परिन् । उनी यो समयमा ‘गंगुबाइ काठियावाडी’, ‘आरआरआर’ र ‘ब्रह्माश्त्र’ जस्ता ठूला बजेटका फिल्ममा व्यस्त छिन् ।

परिणामको तेस्रो स्थानमा अभिनेत्री कटरीना कैफ छिन् । अभिनेता अक्षय कुमारसँग अभिनित उनको फिल्म ‘सूर्यवंशी’ रिलिजको तयारीमा छ ।

अभिनेता शक्ति कपुरकी छोरी श्रद्धा कपुर चौथो नम्बरमा छिन् । उनी पछिल्लो पटक फिल्म ‘बाघी ३’मा देखिएकी थिइन् । उनी हाल लभ रञ्जनको नयाँ फिल्ममा अभिनेता रणवीर कपूरसँग व्यस्त छिन् । फिल्म सन् २०२२ मा रिलिज हुनेछ ।

बलिउडको सुन्दरी अभिनेत्रीमा चिनिने करीना कपूर खान पाँचौं प्रिय अभिनेत्रीमा दरिएकी छन् । उनी चाँडै नै अभिनेता आमिर खानसँग फिल्म ‘लालसिंह चड्डा’मा देखिदैछिन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०