फाइभजी नेटवर्क लगायत कृत्रिम बौद्धिकता उपकरण क्षेत्रको संरचना परिवर्तन गर्दै रियलमी | Khabarhub Khabarhub

फाइभजी नेटवर्क लगायत कृत्रिम बौद्धिकता उपकरण क्षेत्रको संरचना परिवर्तन गर्दै रियलमी


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा छोटो समयमा तीव्र गतिमा बजार विस्तार गरिरहेको रियलमीले नेपालमा ‘५जी’(5G) नेटवर्कमा छलाङ मार्ने गरी विस्तार र AIoT मार्फत कृत्रिम बौद्धिकताको क्षेत्रमा परम्परागत स्थापित मान्यतालाई तोड्दै प्रविधिगत सौन्दर्य थप गर्ने गरी विविध परिवर्तन गर्ने भएको छ ।

रियलमीले दैनिक आवश्यकतालाई एकै थलोमा जोड्ने गरी स्मार्टफोनका साथ सम्पूर्ण प्रकारको अडियो, वेयरेबल (धारणीय उपकरण) र स्मार्ट टिभी यसै वर्ष देशभरका ग्राहकहरूमाझ पुर्‍याउने लक्ष्य राखेको छ ।

‘चुनौतीदेखि उन्नति’ सम्मको नारालाई अझ व्यापक गर्ने गरी नेपालमा स्मार्ट फोनको क्षेत्रमा अहिलेको उपलब्धतालाई व्यापक बनाउने गरी रियलमीले स्मार्टफोन ग्राहकको शीर्षस्थानमा आफूलाई उभ्याउने लक्ष्य लिएको छ । १+४+न(-1+4+N_) उत्पादन रणनीति, बजारमा उत्कृष्ट प्रविधिको विकास र युवा पुस्तालाई सशक्तिकरण गर्ने महत्वकांक्षी योजनाका साथ रियलमी अघि बढिरहेको छ ।

AIoT (कृत्रिमबौद्धिकता उपकरण)

रियलमी अडियो, वेयरेबल (धारणीय उपकरण)र स्मार्टफोनका क्षेत्रमा स्थापित भइसकेको उत्पादन हो । नयाँ प्रविधिको उपलब्धतामा नेतृत्वदायी कम्पनीका रुपमा चिनिएको यसका उत्पादनलाई ग्राहकहरुले रुचाएको अवगत नै छ ।

आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा रियलमीका दुई उत्पादनहरू-रियलमी बड्सएयर र रियलमी घडी, अडियो र वेयरेबल (धारणीय उपकरण) क्षेत्रमा लोकप्रिय र निकै सहुलियत दरमा उपलब्ध छन्, जसमा थुप्रै विशिष्ट विशेषता रहेका छन् ।

‘१+४+एन’(1+4+N)रणनीति

उत्कृष्ट र उत्तम प्रविधिका साथ युवा पुस्तालाई सशक्तिकरण गर्ने महत्वकांक्षी योजनाका साथ रियलमीले उत्पादनका ‘१+४+एन’(1+4+N) रणनीति लिएको छ ।

जसमा ‘१’(1)ले स्मार्टफोनको उत्पादनको महत्वपूर्ण भाग जनाउँछ । यसमा नेपालीबजारमा उपलब्ध ‘सी’ सिरिज र ‘नम्बर’ सिरिजका फोन समावेश गरिएको छ । रियलमी स्मार्टफोनमा ‘लिङ्क एप’ (Link app) इन्स्टल गरी रियलमीका AIoT उत्पादनलाई वस्थापनका साथै नियन्त्रण गर्न सकिन्छ ।

यसैगरी दोस्रोमा रहेको ‘४’ (4)ले मुख्य ४ विषयलाई दर्शाउँछ । प्राय उपयोग हुने उपकरणहरु एयरफोन, स्मार्ट घडी, स्मार्ट स्पिकर र स्मार्ट टिभी जसले ‘भ्वाइस एसिस्टेन्ट फिचर’ को समर्थन गर्छन् भने यिनले अन्य कृत्रिम बौद्धिक AIoT उत्पादनहरुलाई नियन्त्रण गर्न सक्ने गरी निर्माण गरिएको छ । यो केन्द्रित प्रविधिले थप स्मार्ट र सुविधाजन्य अनुभूति प्रदान गर्दछ ।

यत्तिकैमा रियलमीले आफ्नो आविस्कार रोक्दैन, यसैकारण ‘एन’(N) रणनीति पनि कम्पनीले लिएको छ, जसले उत्पादनका अनिश्चित संख्याको प्रतिनिधित्व गर्छ । विद्युतीय टुथब्रस, स्मार्ट स्केल, प्रोजेक्टर, प्लग, कार चार्जरका साथै उत्पादनहरुको निरन्तर बढ्दो क्रममा उत्पादन रणनीति लिइएको छ, जुन व्यक्तिगत, घर परिवार र यादगार यात्राका लागि आवश्यक प्रविधिको सहज उपलब्धताका रुपमा महत्वपूर्ण हुनसक्छ ।

यिनै रणनीतिका साथ रियलमीले यसै वर्ष नेपालमा केही रोमाञ्चक उत्पादनहरु उपलब्ध गराउने लक्ष्य लिएको छ ।

सबैमा ‘5G’ नेटवर्कको लक्ष्य

२०२० को शुरुमै रियलमले सटिक र स्पष्ट भिजनका साथ अत्यधुनिक प्रविधि र ट्रेन्डसेट डिजाइनका लागि नेपालमा ‘5G’ (फाइभजी) नेटवर्कको उपलब्धता गराउने लक्ष्य निर्धारण गरेको थियो ।

सोही लक्ष्य अनुसार उच्चमध्यम र फैलगशिप सेग्मेन्टका दुबै स्मार्टफोनमा विस्तृत श्रृङ्खलाको ‘छन्’ नेटवर्क सार्वजनिक गरेको रियलमीले अब मध्यम रेन्जका स्मार्टफोनमा ‘5G’ नेटवर्क उपलब्ध गराउने भएको छ ।

‘रियलमी७’ स्मार्टफोन मार्फत विश्वभर एकैसाथ ‘छन्’ नेटवर्क सार्वजनिक गरी ३०० डलरभन्दा कम मूल्यका स्मार्टफोनमा ‘5G’ नेटवर्क सार्वजनिक गर्ने पहिलो कम्पनीका रुपमा कम्पनीले आफूलाई उभाइसकेको छ ।

प्रतिष्ठित मोबाइल अधिकारी ‘जीएसएम एरेना’ले ‘रियलमी७’ मा ‘5G’ नेटवर्क राखे पछि मध्य रेन्ज अलराउन्डरमा ‘छन्’ प्रवेश गराउने पहिलो कम्पनीका रुपमा रियलमीलाई मूल्यांकन गरेको छ ।

‘5G’ नेटवर्क केबल उच्च मूल्यका मोबाइल फोनको मात्र विशेषाधिकार होइन भन्नेमा रियलमी विश्वास गर्दछ । कम्पनीले उन्नतप्रविधि र ‘5G’ नेटवर्क सबैको पहुँचमा पु-याउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : १२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०