यी कलाकार, जसलाई मागी विवाह फाप्यो | Khabarhub Khabarhub

यी कलाकार, जसलाई मागी विवाह फाप्यो


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड सेलिब्रेटीको अफेयरको खबर सञ्चारमाध्यममा सुनिनु पुरानै चलन हो । यस्ता केही अफेयरहरु निकै लामो समयसम्म चल्छन्, तर ती अफेयरले विवाहमा पूर्णता पाउदैन ।

दैनिक भास्करले आफ्नो एक रिपोर्टमा प्रेममा असफल भएपछि मागी विवाह गरेका केही सेलिब्रेटीहरुको समाचार तयार पारेको छ ।

अभिनेता विवेक ओबरोयले कैयौं फिल्ममा आफ्नो अभिनयका कारण दर्शकको मन जितिसकेका छन् । आफ्नो विवाह अघि यी अभिनेताको नाम बलिउडकै सुन्दर अभिनेत्री ऐश्वर्या रायसँग जोडिएको थियो ।

ऐश्वर्यासँगको प्रेम असफल भएपछि उनले प्रियंका अल्वासँग विवाह गरे ।

अभिनेता नील नितिन मुकेशले पनि मागी विवाह नै गरेका हुन् । उनले सन् २०७ मा रुक्मिणी सहायसँग विवाह गरेका थिए ।

विवाह अघि नीलको नाम सोनल चौहान र साशा आगजस्ता अभिनेत्रीसँग जोडिएको थियो ।

अभिनेता शाहिद कपुर आफ्नो विवाहका कारण अहिले पनि चर्चामा आइरहन्छन् । शाहिदले निकै लामो समयसम्म अभिनेत्री करीना कपूरसँग डेट गरे ।

तर उनीहरुको प्रेम विवाहसम्म पुग्न सकेन । उनले सन् २०१५ मा मीरा राजपूतसँग विवाह गरेका थिए ।

अभिनेत्री करिश्मा कपूर र अभिषेक बच्चनबीचको सम्बन्ध कहिँ कतै लुकेको छैन । दुवैजना विवाह गर्न चाहन्थे । तर केहीकारणले उनीहरुको विवाह हुन सकेन ।

त्यसपछि करिश्माले व्यापारी सञ्जय कपुरसँग मागी विवाह गरिन् । यद्यपि उनीहरुको वैवाहिक सम्बन्ध सफल हुन सकेन ।

बलिउडकी ‘धक–धक गर्ल’का रुपमा परिचित अभिनेत्री माधुरी दीक्षित र अभिनेता सञ्जय दत्तबीचको प्रेम सम्बन्धले बलिउडको बजार निकै गर्माएको थियो । तर सञ्जय जेल गएपछि दुईबीच दुरी आयो र माधुरी सञ्जयबाट अलग्गिइन् ।

केही वर्षपछि उनले अमेरिकामा बस्दै आएका चिकित्सक नेनेसँग विवाह गरिन् । उनीहरुको दुई छोरा छन् ।

८०–९०को दशकका प्रख्यात अभिनेता राकेश रोशन पनि बलिउडका सानदार कलाकारमध्ये एक हुन् । उनले कैयौं फिल्ममा आफ्नो अभिनयबाट दर्शकको मन जितिसकेका छन् । राकेशले पनि पिंकी रोशनसँग मागी विवाह गरेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ३ : ५५ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले