‘निफ’मा ११ नेपाली फिल्म | Khabarhub Khabarhub

‘निफ’मा ११ नेपाली फिल्म


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)’को चौथो संस्करणमा यो वर्ष लामा र छोटा गरी ११ वटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन् ।

आयोजकका अनुसार यो वर्ष प्रकाश झा निर्देशित ‘होमः एन ओडी टु अल फादर्स’, तील थापा मगर निर्देशित ‘प्रिष्ट’, दीपक सुब्बा निर्देशित ‘सोल्ड इन इराक’, राजन कठेत निर्देशित ‘बेर ट्रिज इन द मिस्ट’, अमृत कौछा निर्देशित ‘धर्सो’, गणेश रावल निर्देशित ‘संशय’ प्रदर्शन हुँदैछन् ।

यस्तै राजेश श्रेष्ठ निर्देशित ‘द वार आफ्टर वार’, राजेशप्रसाद खत्री निर्देशित ‘स्केरक्रो’ र कृषा चौलागाईं निर्देशित ‘ऐना’, गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ र सर्जियो बासो निर्देशित ‘टेल मी हु आइ एम’ छन् ।

फेस्टिभल तथा संस्थाका अध्यक्ष केपी पाठकले यो वर्षको लागि ५२ देशबाट ४ सय ५० बढी फिल्मले आवेदन दिए पनि ६ सदस्यीय जुरीले ३१ देशका ६३ फिल्मलाई फेस्टिभलका लागि छनोट गरेको बताए ।

केपीका अनुसार फेस्टिभलमा ‘फिचर फिल्म कम्पीटिसन(इन्टरनेसनल’, ‘लाइभ एक्सन सर्ट फिल्मस्(इन्टरनेसनल)’, ‘एनिमेटेड सर्ट फिल्मस्(इन्टरनेसनल्स)’, ‘डकुमेन्ट्री कम्पीटिसन’, फिचर फिल्म कम्पीटिसन(नेसनल) र ‘सर्ट फिल्म कम्पीटिसन(नेसनल)’ विधामा प्रतिष्पर्धा हुनेछ ।

फेस्टिभलमा ‘बेस्ट फिचर फिल्म(इन्टरनेसनल)’ विधामा उत्कृष्ट हुने फिल्मले १५ सय डलर राशीको ‘गौतम बुद्ध अवार्ड’ पाउनेछ । आयोजकले यो वर्ष ‘पेन्डामिक फिल्म एक्जिभिट’ नामक विधा पनि थप गरेको छ । जसमा कोभिड महामारीको समयमा निर्माण भएका वृत्तचित्र प्रदर्शन गरिनेछ । यो विधाको विजेताले ५ सय डलर पुरस्कार पाउनेछ । फेस्टिभल आगामी मे ६ देखि मे १० सम्म काठमाडौंमा हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : १५ बजे

समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा

परिषद्का सदस्य सचिव घिसिङ र विश्व ट्रायथलन महासङ्घकी अध्यक्ष कासाडोबीच भेट

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र विश्व ट्रायथलन

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका