‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई कलाकारको खोजी | Khabarhub Khabarhub

‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई कलाकारको खोजी


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्लकबस्टर र तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सनका लागि कलाकारको खोजी शुरु भएको छ । युवा फिल्मसले निर्माण गर्न लागेको नेपाली रिमेक भर्सनका लागि प्रमुख पुरुष र महिला कलाकारको खोजी गरिएको हो ।

युवा फिल्मसले प्रमुख पुरुष कलाकारको हकमा २५ देखि ३० वर्षसम्मको उमेर र महिला कलाकारको हकमा २० देखि २२ वर्षसम्मको उमेर तोकेको छ ।

यस्तै सह–अभिनेताका लागि पुरुषको हकमा २५ देखि ३० वर्षसम्म र सह–अभिनेत्रीका लागि २० देखि २५ वर्षसम्मको उमेर तोकेको छ ।

निर्माण टिमले फिल्ममा अभिनय गर्न इच्छुकले एक तस्वीर, उमेर समूह र फोन सम्पर्क नम्बर पठाउन अनुरोध गरेको छ । इच्छुकले [email protected] मा इमेल गर्न सक्ने निर्माण टिमले जनाएको छ ।

केही समय अघि ‘अर्जुन रेड्डी’को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १२ : ३५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका