लुम्बिनी विरुद्धको खेलमा नेपाल पुलिस क्लब ७४ रनले विजयी « Khabarhub

लुम्बिनी विरुद्धको खेलमा नेपाल पुलिस क्लब ७४ रनले विजयी


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको लुम्बिनी प्रदेश विरुद्धको खेलमा नेपाल पुलिस क्लब ७४ रनले विजयी भएको छ ।

कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदान पुलिसले दिएको ३११ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ३६ रन बनाएको छ।

लुम्बिनीका लागि २ सय ३६ रन बनाउन सौरभ खनालले ७४ रन प्रहार गरे। उनले ६० बलमा ५ छक्का र १ चौकाको मद्दतले ७४ रन बनाएका हुन्।

यस्तै कप्तान कृष्ण कार्कीले २४ बलमा ५ छक्काको मद्दतले ४० रन प्रहार गरेका हुन्। यस्तै देव खनालले ४९ रन र सन्दिप रजाइलीले ४० रन बनाए भने राजविर सिंहले २४ रन प्रहार गरे।

लुम्बिनीविरुद्ध पुलिसका लागि राशिद खान र पवन शर्राफले समान २/२ विकेट लिए भने सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीले समान १/१ विकेट लिएका थिए।

टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो ।

लुम्बिनीविरुद्ध पुलिसका युवा खेलाडी पवन शराफले किर्तिमानी अर्धशतक प्रहार गरे। उनले प्रधानमन्त्री कप क्रिकेटमा फास्टेस्ट फिप्टीको किर्तिमान बनाएका हुन्।

उनले १३ बलको सामना गर्दै ६ छक्का र १ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै पुलिसका लागि सुनिल धमलाले शतक प्रहार गरेका थिए। उनले १ सय ४५ बलको सामना गर्दै ७ चौका १ छक्कासहित १०४ रन बनाए।

यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बलमा ६ छक्का र १ चौकासहित ८५ रन बनाए भने आरिफ शेखले १४ बलमा २९ रन प्रहार गरे।

पुलिसविरुद्व लुम्बिनीका कृष्ण कार्की, दिपेन्द्र रावत, सौरभ खनाल, अनिल खरेलले समान १/१ विकेट लिए। लुम्बिनीले पाएको यो लक्ष्य पनि जारी प्रतियोगितामा सबैभन्दा ठूलो लक्ष्य हो।

जितसँगै ३ खेल खेलेको पुलिसले ४ अंक जोडेको छ भने लुम्बिनीले २ खेलबाट २ अंक जोडेको छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ५ : ३३ बजे

विमानस्थल निर्माणमा अदालतले रोक लगाउनू गलत : शंकर पोखरेल

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ

काठमाडौंलाई विश्वकै सुन्दर उत्कृष्ट सहर बनाउने वालेनको प्रतिवद्धता

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र शाहले काठमाडौंलाई विश्वकै उत्कृष्ट

म्यारोडोनाको स्मृतिमा विमान संग्रहालय स्थापना

काठमाडौँ – अर्जेन्टिनाका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा एक

सिम्रौनगढको नगरकार्यपालिका निर्वाचन कार्यतालिका स्थगित 

बारा – सिम्रौनगढ नगर कार्यपालिकाका लागि हुने भनिएको निर्वाचन प्रक्रिया

विकासमा सर्वोच्चले बन्चरो प्रहार गरेछ, लज्जित छुः बाबुराम

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले विकासका काममा