काठमाडौँ महानगरले पारित गर्‍यो तीन विधेयक | Khabarhub Khabarhub

काठमाडौँ महानगरले पारित गर्‍यो तीन विधेयक


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ- काठमाडौँ महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ ।

पारित भएका विधेयकमा ‘काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक—२०७७’, ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक—२०७७’ र ‘काठमाडौँ महानगरपालिका संस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक—२०७७’ रहेको छ ।

बुधबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले ती विधेयक पारित गर्दै विभिन्न कार्यक्रममा बजेट संशोधनसमेत गरेको छ ।

सातौँ नगर सभाबाट स्वीकृत कार्यक्रममध्ये शीर्षक मिलाउनुपर्ने, स्रोत सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने योजनामा परिवर्तन गर्नुपर्ने कार्यक्रमलाई वार्षिक बजेट सीमामा फरक नपर्ने गरी बजेट संशोधन गरिएको हो ।

बैठकबाट लेखा समितिको प्रतिवेदन पनि पारित भएको छ । समितिले प्रतिवेदनमा वित्तीय सुशासन, नियमितता, मितव्ययिता, कार्यदक्षता, पारदर्शिता, प्रभावकारिताका विषय समावेश गरेको छ ।

अधिवेशनमा नगरसभा सदस्यहरूले थालिएका तर रकम अभावका कारण यही आवमा कार्य सम्पन्न हुन कठिन योजनाका लागि थप रकमको व्यवस्था गर्न, योजना अनुगमन गर्न, राजस्वको दायरा बढाउन, धुँवा धुलोमुक्त शहर बनाउने प्राथमिक योजनाका समस्या पहिचान गरेर नियमित गर्न सुझाव दिएका छन् ।

बैठकमा प्रमुख शाक्यले कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा एक इञ्च पनि जमिन नमिचिएको भन्दै यसको बारेमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताए ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १२ : ०१ बजे

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा

अरुण नदीमा पुनः सञ्चालनमा आयो

किमाथांका– सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको