राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति बाइडेनलाई दिए बधाई | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति बाइडेनलाई दिए बधाई


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् ।

बधाई सन्देश दिँदै भण्डारीले बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।

उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना गर्दै कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले ट्वीटमार्फत् बाइडेनलाई सफल कार्यकालको शुभकामना दिएका छन् । बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिनुका साथै पद सम्हालेका छन्।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ९ : ५५ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले