अमेरिकाका सफल र असफल राष्ट्रपतिहरू « Khabarhub
Logo
४ असार २०७८, शुक्रबार

अमेरिकाका सफल र असफल राष्ट्रपतिहरू



इतिहासकार र पत्रकारहरू अक्सर अमेरिकी राष्ट्रपतिलाई उत्कृष्टताका आधारमा सूचीकृत गर्ने विषयमा बहस गर्छन् । समान्यतया यो सूचीले राष्ट्रपतिहरूको राजनीतिका विषयमा बढी वर्णन गर्छ । यदि तपाईँ विगतको वस्तुपरक आकलन गर्न चाहनुहुन्छ भने हामी त्यसो गर्न पनि सक्छौँ ।

पहिला त हामी इमानदार हौऔँ । अमेरिकामा हुने सबै घटनाका लागि राष्ट्रपति एक्लै जिम्मेवार हुँदैनन् । फोर्ड गाडीले ह्वाइट हाउसको समर्थनविनै पनि फरारी गाडीलाई रेसमा उछिन्न सक्छ । त्यसैले, राम्रो होओस् अथवा नराम्रो, सबै घटनाका लागि राष्ट्रपतिलाई मात्रै जिम्मेवार ठहर्‍याउनु हुँदैन ।

यसबाहेक राष्ट्रपतिको कदम घरेलु र बाह्य नीतिको मिश्रण हो । कसैलाई ओवल अफिसमा चार वर्ष परिकल्पना गर्नुहोस्, उनीहरूका लागि यो फलफूल सलादको एउटा स्वाद मात्रै हो ।

एनसीएए अन्तर्गत रहेको बास्केटबल टिमको श्रेणी छुट्याउनुले केही अर्थ दिन्छ । यदि तपाईंलाई कोष्ठकमा राखिएका शर्तहरू मान्य हुँदैनन् भने, उत्कृष्ट टिम खेलबाट छुट्याउन सक्नुहुन्छ । तर, तपाईं कुन राष्ट्रपति उत्कृष्ट भनेर छुट्याउन सक्नुहुन्न । कुन चाहिँ राष्ट्रपति चाँडै मर्ला भन्न र फ्रंक्लिन पियस र विलियम हेनरी ह्यारीसनबीच प्रतिस्पर्धा गराउन सक्नुहुन्न ।

अमेरिकामा हुने सबै घटनाका लागि राष्ट्रपति एक्लै जिम्मेवार हुँदैन । फोर्ड गाडीले ह्वाइट हाउसको समर्थनविनै पनि फरारी गाडीलाई रेसमा उछिन्न सक्छ । त्यसैले, राम्रो नराम्रो घटनाका लागि राष्ट्रपतिलाई मात्रै जिम्मेवार ठहर्‍याउनु हुँदैन ।

अझ भन्नुपर्दा यसरी गरिएको श्रेणीबद्धता विश्वासिलो नहुन पनि सक्छ । कसलाई शीर्षस्थानमा राख्ने र कसलाई तल राख्ने भनेर सोच्नुपर्ने विषय हो । त्यसका लागि विश्वासिलो मापन आधार छ ।

राष्ट्रपति जसले देशको अस्तित्वमाथि आएको खतराको उत्कृष्ट ढङ्गले सामना गरे, उनीहरूलाई माथिल्लो श्रेणीमा राख्नु उचित हुन्छ । राष्ट्रपति जसले खतरालाई उत्कृष्ट ढङ्गले सामना गर्न सकेनन् उनीहरूलाई तल ।

यहाँ हामी उत्कृष्ट काम गर्नेहरूलाई पहिला हेरौँ ।

जर्ज वासिंटन

यदि वासिंटन हुँदैन थिए भने हामी आज पनि जुलाई ४, अमेरिकाले स्वतन्त्रता प्राप्त गरेको दिन, मा पानी जहाजमा चियापत्ति पैठारी गरिरहेका हुने थियौँ ।

ठीक छ, यो वाक्यमा बढाईचढाई गरिएको हुनसक्छ तर सत्य के हो भने अमेरिकाको भाग्यमा नै स्वतन्त्र हुन लेखिएको थियो । यदि जर्ज वासिंटन हुँदैन थिए भने यो स्वतन्त्रता हामीले सन् १७७६ मा हासिल गर्न भने सक्दैन थियौँ ।

यस्तै, उनले अमेरिकालाई सन् १७८३ को न्यूवर्क षड्यन्त्र (सेनाको आर्थिक अवस्था लामो समयसम्म पनि सुधार गर्न नसकेपछि निराश भएका कन्टिनेन्टल सेनले गरेको एक असफल षड्यन्त्र) बाट पनि बचाएका थिए ।

यो घटना उनी राष्ट्रपति हुनुअघिको हो । उनले राष्ट्रपतिका रूपमा आफ्नो दुई कार्यकालमा देशलाई एकजुट बनाउन धेरै उतारचढाब पार गरे जुन ‘वासिंटनन्स् लाइफ’ नामक वृत्तचित्रमा पनि देखाइएको छ । एउटा नयाँ राष्ट्र बनाउन उनको योगदान अमूल्य छ ।

अब्राहम लिंकन

एउटा संघ बचाएको घटना उल्लेख गर्दा तपाईंको बायोठाटा मजबुत हुन्छ । लिंकनले त एउटा देश नै बचाउने काम गरेका थिए । उनले एक विद्रोही सेनासँगको युद्ध जितेका थिए ।

उनले विनाकारण वासिंटनमा सर्वसाधरण मान्छेको हत्या र लुटपाटसँगै विभाजित भएको देशलाई एकजुट बनाएका थिए । यदि तपाईँ मलाई विश्वास गर्नुहुन्न भने डोरिस गुडविलको सन् २००५ को पुस्तक ‘टिम अफ राइभल्स’ पढ्नुहोस् ।

फ्रेंकलिन डि रुजबेल्ट

तपाईंले माथि उल्लेख गरेको फलफूल सलाद बिर्सिनु भएको त छैन ? एमिटी शलेसको सन् २००७ को पुस्तक ‘द फर्गटन म्यान’ पढ्नुभयो भने तपाईँ रुजबेल्टको प्रशंसक नभई रहन सक्नुहुन्न । उक्त पुस्तकमा रुजबेल्टले विश्व महामन्दीको कसरी सफलतापूर्वक सामना गरेका थिए भन्ने कुरा उल्लेख गरिएको छ ।

यसका अतिरिक्त रुजबेल्ट युद्धकालका एक कुशल राष्ट्रपति थिए । उनले युद्धबाट अमेरिकीहरूलाई मात्रै जोगाएनन् बरु सम्पूर्ण मानवजातिलाई नै जोगाए । उनको नेतृत्वका कारण आएको स्वतन्त्रताका विषयमा कसैको ध्यान पुगेको छैन, जसलाई ध्यान दिन आवश्यक छ ।

रोनाल्ड रेगन

उनले कुनै ठूलो विश्व युद्ध जितेका थिएनन् तर हामीले के बिर्सिन हुँदैन भने उनले शीत युद्ध जित्ने गौरव दिएका थिए । पाउल लेटोब्सको सन् २००५ को पुस्तक ‘रोनाल्ड रेगन एण्ड हिज कोयस्ट टु एबोलिस न्युक्लियर ओयपन’ अध्ययन गर्ने हो भने उनले उक्त समयको खतराबाट देशलाई बचाउन के काम गरेका थिए भन्ने बुझ्न सकिन्छ ।

ड्वाइट डि आइजनहावर

आइजनहावरले उनले गरेको कामको खासै श्रेय पाउँदैनन् । उनले राष्ट्रपतिमा रेगन आउनुअघि शीत युद्धकालमा अमेरिकाको अवस्था टिकाइराख्न जे काम गरे त्यसको कसैले कुरै गर्दैनन् ।

यसका लागि ‘आइजनहावरस् सेक्रेट ब्याटल टु सेभ द वल्ड’ नामको पुस्तक अध्ययन गर्न आवश्यक हुन्छ । इभान थोमसले लेखेको यो पुस्तक सन् २०१२ मा प्रकाशित भएको हो ।

अब हामी केही असफल राष्ट्रपतिको कुरा गरौँ ।

लिंडन जोनसन

केही राष्ट्रपतिहरूले विदेश नीतिलाई आफ्नो आन्तरिक नीति जस्तै लथालिङ्ग बनाए । जोनसनले त्यसै गरे, भव्य तरिकाले । हामी जोन एफ केनेडीको स्थिरताबाट अस्थिरतातर्फ गइरहेका थियौँ ।

भियतनाम युद्धलाई बिर्सिदिनुहोस् । यदि तपाईंलाई हाम्रो महान देशमा केही महान थियो जस्तो लाग्छ भने ‘द ग्रेट सोसाइटी : अ न्यू हिस्ट्री’ किताब पढ्नुहोस् ।

जिमी कार्टर

कार्टरले अमेरिकी सम्पदालाई यस्तो बनाए जुन सुपर बल च्याम्प (अमेरिकामा हुने फुटबल खेलको वार्षिक प्रतियोगिता) भव्य भन्दा किल्भल्याण्ड (ओहायो राज्यको एक शहर) जस्तो देखिन्थ्यो ।

उक्त समयमा अमेरिका कमजोर आर्थिक स्थिति र कमजोर सैन्य अवस्थातर्फ उन्मुख थियो । त्यसलाई कार्टरले झनै खराब बनाए ।

उनले गरेको सबैभन्दा ठूलो काम भनेको राष्ट्रपतीय निर्वाचनमा रोनाल्ड रेगनसँग पराजित हुनु हो । यदि कार्टरको विषयमा केही पढ्नु छ भने सन् २०१० मा उनैले लेखेको पुस्तक ‘ह्वाइट हाउस डायरी’ उपयुक्त हुन्छ ।

बुड्रो विल्सन

ठीक छ, विल्सनले पहिलो विश्व युद्ध समाप्त गर्न योगदान गरे तर उनको त्यो प्रक्रियाको नीतिगत असफलताले विश्वमा महामारीको अवस्था सृजना गर्‍यो ।

यसका लागि सन् २००४ मा जोन एम व्यारीले लेखेको ‘ग्रेट इन्फ्लुयन्जा : द इपिक स्टोरी अफ द डेड्लियस्ट प्लेग इन हिस्ट्री’ पुस्तक पढ्नु उपयुक्त हुन्छ ।

विल्सनकै स्कूलका साथीले उनलाई नागरिक उदारता र नागरिक अधिकार हननको आरोप लगाएका छन् । उनले युद्धपछिको शान्ति विफल बनाउने प्रयास पनि गरेको आरोप छ । उनले ‘अग्रगामी’ शब्दलाई फोहर शब्दभन्दा घिनलाग्दोरूपमा प्रयोग गरे । उनी प्रिन्टन कलेजमै रहेको भए उत्तम हुने थियो ।

जेम्स बुकानन

यदि अमेरिकालाई गृहयुद्धतर्फ जानबाट रोक्न सकिन्थ्यो भने त्यो उनको राष्ट्रपतीय पद थियो । उनी ऐतिहासिकरूपमा असफल राष्ट्रपति हुन् । यसका लागि ग्यारी बोउलयाडको सन् २०१५ मा प्रकाशित पुस्तक ‘द वर्स्ट प्रेसिडेन्ट : द स्टोरी अफ जेम्स बुकानन’ पढ्नु श्रेयकर हुन्छ ।

वारेन जी हार्डिग

राष्ट्रपति जस्तो देखिए पनि हार्डिग भ्रष्ट व्यक्ति थिए । उनी अत्यधिक जुवा खेल्ने र स्त्रीलम्पट थिए । भाग्यवश नै मान्नुपर्छ उनले देशलाई धेरै खराब गर्नुअघि नै निधन भयो ।

केहीले उनलाई यो सूचीबाट नै हटाउनुपर्छ पनि भन्लान् । तर, इमानदारीपूर्वक भन्नुपर्छ उनका बारेका रिपब्लिकनहरूले के सोच्दै थिए ?

उनका बारेमा पढ्न मन भए सन् २००४ मा लेखिएको पुस्तक ‘वारेन जी हार्डिग : द अमेरिकन प्रेसिडेन्ट सिरिज’ उपयुक्त हुन्छ । यो किताब वाटर गेट काण्डसँग सम्बन्धित व्यक्ति जोन डिनले लेखेका थिए । डिनलाई हार्डिगका विषयमा एकभन्दा बढी नै कुरा थाहा थियो ।

(काराफानो सुरक्षा चुनौती र विदेश नीतिका वरिष्ठ अनुसन्धानकर्ता हुन् । फेब्रुअरी १९, २०२० मा द न्याशनल इन्ट्रेस्टमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0