तराईमा आज पनि बाक्लो हुस्सु, कस्तो रहला तीन दिनको मौसम ? | Khabarhub Khabarhub

तराईमा आज पनि बाक्लो हुस्सु, कस्तो रहला तीन दिनको मौसम ?


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।

हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

‘घाम नलाग्दा  दिउँसोको  तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा बिहान र दिउँसोको समयमा बाक्लो हुस्सु्कुहिरो समेत लाग्ने सम्भावना छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ ८ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ९ गते (शुक्रबार)

दिउँसो :  प्रदेश नं १, बागमती, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति : सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ।

माघ १० गते (शनिबार)

दिउँसो :  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ।

राति : पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ७ : १० बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को