डुबानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सक्रियता (फोटो फिचर) | Khabarhub Khabarhub

डुबानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सक्रियता (फोटो फिचर)


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापा जिल्लाको बिभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढिले डुबानमा परेका करिब २ सय घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बल नेपालका बिभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा सकृयताका साथ जुटेको हो ।

यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हिक्मतपुर स्थित मोहना नदीमा पानीको बहाव बढेर करिब ७५ घरधूरी डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिक्मतपुरबाट खटिएको सशस्त्र प्रहरी उनिहरुको उद्धारकार्यमा सकृयताका साथ जुटेको हो ।

यसैगरी सुनसरी जिल्लाको वर्जु गाउँपालिका ३ फरामचोक स्थित करिब ५० घर डुबानमा परेपछि सो ठाउँमा बसोबास गर्ने २०० जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमदुवाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी कञ्चनपुर जिल्लाका वेलौरी नगरपालिका २ स्थित खैरेनीमा बाढिले ३ वटा घरहरु डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सशस्त्र प्रहरीले डुबानमा परेका ब्यत्तिहरुलाई सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्थित खुटिया खोलाको बिचमा फसेको अवस्थामा दुई जनाको सशस्त्र प्रहरीले कात्तिक १ गते सकुशल उद्धार गरेको छ ।

सोही नगरपालिका ९ बस्ने ४५ वर्षीय मान बहादुर थापा र ४२ वर्षीया रेणु थापा उक्त खोलामा ढुङ्गागिट्टी संकलन गर्ने क्रममा खोलाको बिचमा फसेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनिहरुको सकुशल उद्धार गरेको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ९ : ०७ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्