कृषि बैंकमा आर्थिक हिनामिना: थप दुई कर्मचारी निलम्बनमा « Khabarhub

कृषि बैंकमा आर्थिक हिनामिना: थप दुई कर्मचारी निलम्बनमा


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखामा भएको आर्थिक हिनामिना प्रकरणमा थप दुई कर्मचारी तानिएका छन् । शाखा प्रमुख शोभाकुमारी दत्तसहित ऋण शाखा र ग्राहक सेवा कक्षका दुई कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ ।

स्रोतका अनुसार बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक सेवा कक्षकी भगवती सापकोटालाई निलम्बन गरिएको हो । शाखा प्रमुख दत्तको निर्देशनमा उनीहरूले आफ्नो खातामा भएको रकम ग्राहकलाई सापटी दिएको स्रोतले बताएको छ ।

‘बैंकबाट कर्मचारीले पनि ऋण लिएका हुन्छन् । त्यस्तो पैसा कर्मचारीले मिटर ब्याज अथवा धेरै ब्याजदर लिनेगरी ग्राहकलाई दिएका हुन् । त्यस्तो गर्न कानुनतः पाइँदैन’, ती कर्मचारीले भने ।

त्यसरी दिएको सापटी पैसाबाट कर्मचारीले २४ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । त्यसरी सापटी पैसा उपलब्ध गराउँदा पनि शाखा प्रमुखले ग्राहकसँग पुनः कमिसन लिने गरेको आरोप लागेको छ । भट्टराई र सापकोटालाई १० दिनअघि नै निलम्बन गरी छानबिन प्रक्रियामा तानिएको हो ।

कृषि विकास बैंकको केन्द्रीय कार्यालयबाट दुईजना र प्रदेश कार्यालयबाट एकजना गरी तीनजना कर्मचारीले छानबिन गर्दै छन् । छानबिन समितिलाई जतिसक्दो चाँडो छानबिन प्रतिवेदन दिन भनिएको कृषि विकास बैंकको केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ०४ बजे

रामकृष्णको ‘म हराएँ मनमनैमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ– गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘म हराएँ मनमनैमा’ बोलको

हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ   

उदयपुर– आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

सिन्धुपाल्चोक– खानेपानी मन्त्री उमाकान्त चौधरीले आज हेलम्बुमा रहेको मेलम्ची खानेपानीको

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ 

मोरङ– आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको