ढुंगाडमा बर्षा रोकियो, पीडितलाई खानबस्नको चिन्ता | Khabarhub Khabarhub

ढुंगाडमा बर्षा रोकियो, पीडितलाई खानबस्नको चिन्ता


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बर्षा रोकिएसँगै बैतडीको सिगास गाउँपालिका–५ को ढुंगाडमा फसेका व्यक्तिहरू वारपार गर्न सक्ने भएका छन् । आइतबार रातीदेखिको बर्षाले ढुंगाडको टापुमा फसेका व्यक्तिहरू नदीको बहाव कम भएपछि वारपार गर्न थालेको वडाअध्यक्ष रामबहादुर धामीले बताए ।

सेती नदीको चारैतिरबाट आएको भंगालो केही कम भएसँगै स्थानीयबासी ज्यान जोगाउन टापु छोडेर निस्कन थालेका छन् । तर उनीहरूमा के खाने ? कहाँ बस्ने ? भन्ने चिन्ताले सताउँन थालेको छ ।

बाढीले ढुंगाडका पाँच घर बगाएको छ । अन्य घरमा पानी पसेर अन्नपात नष्ट भएका छन् । यहाँ एक सय ५० बिगाह जमीन बगरमा परिणत भएको उनले बताए । स्थानीयको बिचल्ली भए पनि सरकारले उनीहरूको उद्धार तथा राहतका कुनै कदम नचालेको उनको गुनासो छ ।

धामीले भने, ‘हिजो टापुमा फसेका व्यक्तिहरूको उद्धारका लागि प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गर्दा कुनै पहल भएन् ।’

काठमाडौंमै रहेका सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै उद्धारका लागी अनुरोध गरेका थिए । धनगढीमा रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष रामबहादुर धामीले मन्त्रालयमै गएर अनुरोध गर्दा समेत प्रदेश सरकारले कुनै पहल नगरेको उनले बताए ।

ढुंगाडबासी बर्षा कम भएसँगै ज्यान जोगाउन सफल भए पनि खान बस्न समस्या भएको स्थानीय शिक्षक मिनबहादुर चन्दले बताए । स्थानीयबासीको पाँकिसकेको र पाक्नै लागेको धान, कोदो र बदाम लगाएको खेत बगरमा परिणत भएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ०१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न