बौद्ध सम्पदा ध्वस्त पारे पाकिस्तानसँगको सम्बन्ध बिग्रन्छ : श्रीलंका | Khabarhub Khabarhub

बौद्ध सम्पदा ध्वस्त पारे पाकिस्तानसँगको सम्बन्ध बिग्रन्छ : श्रीलंका


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद -श्रीलंकाले पाकिस्तानको बौद्ध सम्पदा विनाश गर्ने अभियानले दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएको छ।

पाकिस्तानका ऐतिहासिक कालदेखिका बौद्ध स्थलहरु गुम्बा, स्तूप, बुद्धका मूर्ति, विशेष गरी स्वात उपत्यकामा रहेका संरचनाहरु भत्काइको खबर सार्वजनिक भएपछि श्रीलंका आक्रोशित बनेको हो।

चिनियाँ अनुदानमा बन्‍न लागेको दीमेर-भासा बाँध परियोजनाको जलविद्युत संयन्त्र निर्माण गर्नुपर्ने भन्दै उक्त क्षेत्रका संरचनाहरु भत्काउन लागिएको र पाकिस्तान प्रशासित काश्मीर (पीओके) को गिलगट-बाल्टिस्तान क्षेत्रमा रहेका ३० हजार बौद्ध मूलका शिलालेख र हस्तकलाहरु पनि विनाश गरिएको समाचारमा जनाइएको छ।

२०२० मा, पाकिस्तानको उत्तर-पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा केही पाकिस्तानी जनताले १७ सय वर्ष पुरानो मूर्ति भत्काएका थिए। मूर्तिको अपमान भएको भन्दै व्यापक आलोचना भएको थियो। त्यो भिडियो सामाजिक सञ्‍जालमा भाइरल पनि भएको थियो।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १० : २५ बजे

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,