वर्षाले उदयपुरमा ३५ प्रतिशत धान नष्ट, भोकमरीको चिन्ता | Khabarhub Khabarhub

वर्षाले उदयपुरमा ३५ प्रतिशत धान नष्ट, भोकमरीको चिन्ता


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- बेमौसमी रूपमा दुई दिनयताको वर्षाका कारण किसानले भित्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ । धान भित्र्याउने समयमा वर्षा भएसँगै खेतमा काटेको धान भिजेर नष्ट भएको हो । वर्षाले धान बालीमा बढी क्षति गरेपछि किसानलाई अहिले भोकमरी हुने चिन्ताले सताएको छ ।

अविरल रूपमा आएको वर्षाले उदयपुरमा भर्खरै काटेको र काट्ने तयार भएको धान बालीमा बढी क्षति पुर्‍याएको छ । खेतमा काटेर सुकाउन राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान समस्यामा परेका छन् ।

जिल्लाको बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका क्षेत्रमा लगाएका ३५ प्रतिशत खेतका धान नष्ट भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पानीमा भिजेको धान कुट्दा धुलोपिठो पर्ने र खान नमिल्ने हुन्छ ।

पानीले भिजेको धान खान अयोग्य हुने र गुणस्तर पनि खस्किन सक्ने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख महेशकुमार चौधरी बताउँछन् ।  प्रायः किसानहरु मौसमी सूचनालाई विश्वास गर्दैनन् । जसले गर्दा प्रतिकूल मौसमका कारण पटक–पटक किसानले क्षति बेहोरिसकेका छन् । ‘किसानहरू सबै मौसमी सूचनाको पहुँचमा छैनन्, किसानको ध्यान जति खेती बालीमै हुन्छ,’ उनले भने । मौसम पूर्वानुमान महाशाखाको सूचनालाई चासो दिएको भए यसपटक धानबालीमा क्षति कम हुने उनी बताउँछन् । अधिकांशलाई मौसमी सूचनाबारे थाहा छैन, किसानले यसको मतलब नै गर्दैनन् ।

वर्षातले डुबान भएपछि उदयपुरको बेलका नगरपालिकाको भागलपुर क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । त्यस्तै चौदण्डीगढी नगरपालिकाको १०, ९, ५ र ४ नम्बर वडामा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । त्यस्तै त्रियुगा नगरपालिकाको बिभिन्न वडामा पनि वर्षातले बाढी खेतमा पस्दा क्षति भएको छ ।

दसैँलगतै किसानले धान काटेर पाँजा बनाई घर भित्र्याउन खेतमै तयारी अवस्थामा राखिएको धान बारी नै डुब्ने गरी बाढी छिरेर जलमग्न भएको बेलका नगरपालिकास्थित भागलपुरका स्थानीय सन्तु थापाले जानकारी दिए । राती सुत्दा ठिकै थियो अचानक पानी परेछ । झन् बिहान भरी परेको वर्षातले थपिदा बारीमा काटेर राखेको धान कामै नलाग्ने अवस्थामा पुगेको उनले सुनाए ।

जारी वर्षाका कारण ठुलो संख्यामा उदयपुरका किसान प्रभावित भएका छन् । ’वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा किसान परिवार समस्या परेको छ । किसानलाई कात्तिक महिनामा पानी पर्ला भन्ने विश्वास नै लागेन, धेरै मान्छे लगाएर धमाधम धान काटियो, अहिले पुरै धान खेतमा डुबेको छ । खेतमा पानीको कतै निकास नभएको हुँदा धान पुरै डुबेको छ । भर्खरै दसैँ मानेर खेतमा व्यस्त हुँदै गर्दा वर्षाले खत्तम बनाइ दियो ।’ उनले भने ।

धान बालीमा कति क्षति भयो भन्ने पूर्ण विवरण नआइसकेको तर करिब ३५ प्रतिशत धान किसानले काटेको र नकाटेको केही धानलाई पनि हावाले ढालेर क्षति गरेको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख चौधरीले बताए । उनका अनुसार बेलका नगरपालिका वडा नं। १, २ र ३ का क्षेत्रमा करिब एक सय बिगाहा जग्गाको खेतमा काटेर सुकाएको धानबाली नष्ट भएको छ । करिब ५० प्रतिशत हरियो धान पानीसँगै परेको हावाहुरीले धान जमिनमा लडेको छ ।

त्यसैगरी चौदण्डीगढी नगरपालिका क्षेत्रमा करिब २० प्रतिशत काटेको धान नष्ट भएको छ भने २५ प्रतिशत बढी हरियो धान नष्ट भएको कृषि केन्द्रले जनाएको छ । चौदण्डीगढी नगरपालिका-१० हडियाका नन्दीलाल चौधरीको खेतमै काटेको एक बिगाहा धान जमिनमा भिजेर नष्ट भएको छ ।

कटारी नगरपालिकामा २० प्रतिशत काटेर सुकाएको धान पानीले खेतमै भिज्यो भने १५ प्रतिशत बढी हरियो धानलाई पानीसँगैको हावाहुरीले लडाई दिएको छ ।

त्रियुगा नगरपालिकामा काटेर सुकाएको धानसहित अनुमानित ३५ प्रतिशत बढी धानबाली नष्ट भएको नगरपालिका कृषि शाखा प्रमुख माधव राउतले जानकारी दिए । उनकाअनुसार त्रियुगा नगरपालिकाको सबैभन्दा बढी वडा नं. २ मा ४५ प्रतिशत धान क्षति भएको छ भने ६ वटा वडामा अनुमानित ४० प्रतिशत धानमा क्षति पुगेको छ । त्रियुगा नगरपालिका १४, १५, १६ नं. वडामा २५र२५ प्रतिशतले धानमा क्षति पुगेको छ भने अन्य वडामा ३० देखि ३५ प्रतिशतले क्षति पुगेको शाखा प्रमुख राउतले बताए ।

धान भित्र्याउने बेला वर्षा भएपछि धानखेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई बढी मार परेको छ भने अन्य किसानसमेत मर्कामा परेका छन् । जिल्लाका सयौँ किसानको हजार बिगाहा जमिनको धानखेती भिजेको छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : ४५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

एकीकृत समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन