अभिनेत्री पायलमाथि एसिड आक्रमणको प्रयास | Khabarhub Khabarhub

अभिनेत्री पायलमाथि एसिड आक्रमणको प्रयास


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– मुम्बईको अँधेरी इलाकामा अभिनेत्री पायल घोषमाथि अज्ञात समूहले एसिड आक्रमणको प्रयास गरेको छ । अभिनेत्रीले आफूलाई एसिड आक्रमणको प्रयास भए पनि त्यसबाट आफू बचेको दाबी गरेकी छन् ।

अभिनेत्रीका अनुसार उनी मुम्बईको अँधेरी इलाकाबाट आफ्नो घर फर्किइरहेकी थिइन् । उनी आफ्नो कारमा बस्न लाग्दा कसैले उनीमाथि आक्रमण गरेका थिए । ‘उनीहरुसँग हातमा एसिड पनि थियो । उनीहरुले अनुहार छोपेका थिए । त्यहाँबाट उम्कन खोज्दा हातमा सामान्य चोट लाग्यो’, उनले भनेकी छन् ।

‘म आफ्नो ड्राइभिङ सिटमा बस्न लागेको थिएँ । हातमा एसिड बोकेका केही व्यक्ति आएर मलाई आक्रमण गर्ने प्रयास गरे । त्यसपछि म चिच्याएँ र उनीहरु भागे । उनीहरुले मेरो टाउकोमा रडले हिर्काए पनि सौभाग्यले कुनै चोट लागेन । तर हातमा भने चोट लाग्यो । किनकी उनीहरुले हातमा पनि हिर्काएका थिए’, उनले भनेकी छन् । पायलले आफ्नो भाइसँग प्रहरीमा गएर उजुरी दिने उल्लेख गरेकी छन् ।

पायलले प्रख्यात निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएर बलिउडमा सनसनी मच्चाएकी थिइन् । यसका लागि उनले एक ट्वीट गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग पनि मागेकी थिइन् ।

तर कश्यपले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका थिए । प्रहरीले यो मामलामा उनीसँग सोधपुछ पनि गरेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ५ : २० बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा