कुलतमा फस्नेमा ‘पढ्दै गरेका युवा’ | Khabarhub Khabarhub

कुलतमा फस्नेमा ‘पढ्दै गरेका युवा’


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पढ्ने तथा सिर्जनशील काम गर्ने १८ देखि ३५ वर्ष उमेरका युवा लागुऔषधका कुलतमा फस्ने गरेको एक तथ्याङ्कले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा ३०७ लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये ती समूहका २६१ जना अर्थात् ८५ प्रतिशत छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले लागुऔषध मुद्दामा पक्राउ परेका अधिकांश अभियुक्त माध्यमिक शिक्षा (दश जोड दुई) र उच्च शिक्षा पढ्ने पाइएको बताए । कुलतमा फसेपछि उनीहरूको पढाई बिग्रिने गरेको छ । सोही आवमा १८ देखि २० वर्षमा पक्राउपर्ने १५३ र २५ देखि ३५ वर्षका १०८ रहेको उनले बताए ।

पक्राउ परेका युवामध्ये प्रवेशिका परीक्षा र दश जोड दुई पढ्दै गरेका १०२, कक्षा १० का १०१ र सामान्य साक्षर १०४ रहेको जनाइएको छ । जिल्लाको पूर्वी र दक्षिणी सीमा भारतको पश्चिम बङ्गाल र विहार प्रान्तसँग जोडिएको छ । भारतीय सीमावर्ती बजार र खुला नाका हुँदै स्वदेशमा लागुऔषध भित्रिँदै आएको छ ।

कोभिड–१९ को महामारीमा नाकाबन्द भएका अवस्थामा समेत लागुऔषधको कारोवार जिल्लामा घटेको छैन । आर्थिक वर्ष २०७७/७८ मा पक्राउ परेका कूल कारोवारीमध्ये भारतीय नागरिक आठ प्रतिशत छन् ।

जिप्रकाको तथ्याङ्कअनुसार सो आवमा जिल्लामा लागुऔषधको १९५ मुद्दा दर्ता भएका छन् भने अघिल्लो आव मा ११८ मात्र मुद्दा दर्ता भएका थिए । जिल्लामा दर्ता भएका मुद्दा र पक्राउ परेका अभियुक्तको विश्लेषण गर्दा व्यापारिक मुनाफा आर्जन गर्ने उद्देश्यले लागुऔषधको प्रयोग गर्ने अपराध बढेको पाइएको छ ।

आव २०७७/७८ मा पक्राउ परेकामध्ये ४२ प्रतिशतले लागुऔषधको प्रयोग आर्थिक उपार्जनका लागि गरेको प्रहरीलाई बयान दिएका थिए जबकि आव २०७६/०७७ मा यो प्रतिशत २६ मात्र थियो । आव २०७७/०७८ मा पक्राउ परेकामध्ये ३८ प्रतिशतले लागुऔषध सेवन गर्ने उद्देश्य रहेको बताएका थिए । बीस प्रतिशतले आफ्नो उद्देश्य खुलाएनन् ।

पूर्वी नेपालको प्रमुख नाका काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीट्याङ्की नेपालमा लागुऔषध भित्रिने मुख्य अखडा हो । कोरोना महामारीका कारण काँकडभिट्टा मूल नाका बन्द भएका अवस्थामा कारोवारीले उत्तर बाहुनडाँगी र दक्षिण ज्यामिरगढी क्षेत्रसँग जोडिएको खुला सीमाबाट लागुऔषध लुकाइछिपाइ भ्यिाउने गरेका छन् ।

लागुऔषध ओसारपसार र बिक्रीका लागि यसमा संलग्न व्यक्तिले चिकित्सकको सिफारिसको बहानासमेत गरेको पाइएको छ । पक्राउ परेकाको बयानका आधारमा २२ प्रतिशतले चिकित्सकको सिफारिस बहाना बनाएको स्वीकार गरेका थिए । शरीरमा लुकाएर ३८ प्रतिशत, सवारी साधनमा लुकाएर २३ प्रतिशत र अन्य मालसामानमा लुकाएर १७ प्रतिशतले धन्धा चलाइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

चालू आवका गत साउन महिनामा मात्र २१ लागुऔषधका मुद्दा दर्ता भइसकेका छन् । तीमध्ये ३१ अभियुक्त पक्राउ परेका छन् । साउन २४ गते दमककी एक युवती लागुऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा मेचीनगरमा पक्राउ परेकी थिइन् ।

पढ्ने र काम गरी खाने उमेरका नवयुवा लागुऔषधको कुलतमा फस्नु चिन्ताका विषय बनेको छ । प्रहरीले विद्यार्थीलाई कुलतमा नलाग्न विगतमा विद्यालयमै गएर शिक्षा दिने अभियान सञ्चालन गरेको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाले यस्तो अभियानमा सघाउने गरेका थिए । अहिले कोरोना कहरका कारण विद्यालय बन्द रहेका अवस्थामा युवा कुलतमा फस्न थालेको पाइएको छ । रासस

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  २ : २५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०