मेडिसिटी र यती एयरलाइन्सबीच एयर एम्बुलेन्स सेवामा सहकार्य | Khabarhub Khabarhub

मेडिसिटी र यती एयरलाइन्सबीच एयर एम्बुलेन्स सेवामा सहकार्य


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स तथा तारा एयरबीच एयरक्राफ्टमार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्यका लागि मंगलबार द्विपक्षीय सम्झौता भएको छ ।

अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एयरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालिन उद्धार उडान गर्न समेत सहज हुने भएको हो ।

नेपाल मेडिसिटी अस्पतालले बिरामीहरुलार्ई हवाई तथा ग्राउण्ड एम्बुलेन्समार्फत आकस्मिक तथा उद्धारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा यतीसँगको सहकार्यले यो सेवा थप विस्तारित हुने आशा अस्पतालका महाप्रबन्धक विजय रिमालले बताएका छन् । उनका अनुसार अस्पतालद्वारा एयरलाइन्सका उडान दल तथा विभिन्न स्थानका ग्राउण्ड ह्याण्डलीङ कर्मचारीलाई प्री हस्पिटल केयर अर्थात अस्पताल आउनुपूर्वको प्राथमिक उपचार र आकस्मिक उद्धारका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यले हाम्रा उडानसेवा उपलब्ध हुने स्थानहरुबाट आकस्मिक उपचार तथा एयरलिफ्ट गरी थप उपचारको लागी आवश्यक हुने बिरामीहरुको आवश्यकता अनुसार जुनसुकै समयमा विमानलाई तुरुन्तै एयर एम्बुलेन्समा परिणत गरी विशेष सेवा उपलब्ध हुने छ ।

आवश्यक परेको खण्डमा एक भन्दा बढि बिरामी र बिरामीका पक्षलाई उपचारका लागि स्थानान्तरण गर्न सक्षम रहेको प्रवक्ता बर्तौलाले बताए । उनका अनुसार यस महामारीको विषम परिस्थितीमा यस प्रकारको सेवाले दुर्गम क्षेत्रका जनताले समयमै उपचार पाउन सहज हुने बताए ।

देशैभरका नागरिक सम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका लागि यस सम्झौताले विशेष भूमिका खेल्न सक्नेछ । आकस्मिक उद्धारका लागि दूरदराजमा समेत यती एयरलाईन्सको यस सेवाबाट सहज तथा सहुलियत सेवा प्रदान गर्ने अवसर सिर्जना हुनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ४ : ११ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र