भिभोको भी २१ स्मार्टफोन आजदेखि नेपाली बजारमा | Khabarhub Khabarhub

भिभोको भी २१ स्मार्टफोन आजदेखि नेपाली बजारमा


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्तर्राष्ट्रिय प्रतिक्षित कम्पनी भिभोले भी २१ स्मार्टफोन आजदेखि नेपाली बजारमा ल्याएको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ । यसको क्षमता उच्चस्तरीय हुनका साथै ग्राहकको अभिरुचि अनुसारको सुपथ मूल्य निर्धारण गरिएकोछ ।

नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ । यो स्लीक र स्लीम छ । भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएकोछ ।

भी २१ मा ४४ एम.पी ओआईएस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएकोछ । यसले आकर्षक फोटो उत्पादन गर्दछ । ४४ एम.पी ओआईएसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ । यसबाट प्रयोगकर्ताले राम्रो सन्तुष्टि लिन सक्नेछन् भने ६४ एम.पी ओआईएस नाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्दछ ।

ओआईएसले अल्ट्रास्टेबल भिडियो आदि तयार गर्न पनि मद्दत गर्दछ । अर्काेतर्फ अतिरिक्त विशेषता भएको वाइड एंगल फोटोग्राफी र म्याक्रो फोटोग्राफी लिन सकिन्छ ।

मौलिक विशेषता भएको भी २१ ले पावर कनेक्टिभिटी र स्पीडले आधुनिक उच्च प्रविधिसँग परिचित र अतिरिक्त क्षमता खोज्ने ग्राहकहरुलाई समेत सन्तोष प्रदान गर्दछ । यसको विशेष प्राविधिक क्षमताले गर्दा ग्राहकहरुले वरिपरिको वातावरण र घटनालाई आफ्नो स्मार्टफोनमा क्याप्चर गर्न सक्छन् ।

भी २१ को बजार प्रवेशका साथै प्रसिद्ध अभिनेता प्रदीप खड्कालाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको छ र भी २१ को बजार प्रवद्र्धनमा उनको दृश्यहरु महत्वपूर्णरुपमा समावेश गरिएको छ । उनको अभिनय कुशलताले युवापुस्तामा विशेष प्रभाव पार्नुका साथै भिभो ब्राण्डप्रति उनीहरुको आकर्षण बढ्दै जाने र स्थानीय उपभोक्ताहरुले पनि भिभोप्रति आत्मीयता देखाउने विश्वास गरिन्छ ।

बिक्रीको शुभारम्भको अवसरमा आयोजित समारोहमा बोल्नु हुँदै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत श्री मार्सले आफ्ना ग्राहकहरुको चाहना पूरा गर्ने गरी भी २१ नयाँ उत्पादन बजारमा ल्याएको बताए । अप्टिकल इमेज स्टेबलाइजेसनको सहयोगमा उद्योगले अग्रणी भूमिका खेल्नुका साथै स्मार्टफोन फ्रन्ट क्यामेराको भविष्यमा क्षेत्र बिस्तार गर्दे जानेछ । यसको मौलिक फिचर डिजाइन र अतुलनीय क्षमताले जीवनपद्धतिमा प्रभाव पार्नेछ ।

भिभो नेपालको ब्राण्ड मैनेजर श्री पेङ्ग दा ले समारोहलाई सम्बोधन गर्दे भने, “भी सिरिज उत्कृष्ट र मूल्यवान हुनुका साथै नाइट सेल्फि क्यामेराले राम्रो परिणाम दिने भएकोले हामी त्यसमा गौरव गर्दछौँ र प्रसिद्ध अभिनेता प्रदीप खड्कासंग सहकार्य गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दछौँ । बजार रणनीतिमा स्थानीय प्रतिष्ठित व्यवसायीसंग मिलेर काम गर्दा राम्रो परिणाम आउने विश्वास लिएका छौँ ।”

उत्कृष्ट नाइटभिजन सहितको फ्रन्ट क्यामेराले अप्टिकल इमेज स्टेबलाइजेसनको विशेषता राख्दछन् । भी २१ मा आफ्नै मौलिकता सहितको ४४ एम.पी क्यामेरा ओआईएस र इआईएस (इलेक्ट्रिोनीक इमेज स्टेबलाइजेसन) समेत संलग्न गरिएकोले जहिले र जहाँ पनि अल्ट्रास्टेबल सटले राम्रो र उत्कृष्टस्तरको फोटो र भिडियो खिच्न सक्दछ । उत्कृष्ट हार्डवेयर र सफ्टवेयरका कारण जुनसुकै अवस्थामा पनि उच्चगुणस्तरको भिडियो खिच्न सक्दछ ।

यसले नाइटसट, एक्सन सट र ४ के भिडियो क्याप्चर गर्दछ । यदि कुनै अवस्थामा पर्याप्त प्रकाश छैन भने पनि ४४ एम.पी ओआईएस सुपर नाइट सेल्फीको मद्दतले राम्रो दृश्य निकाल्न सकिन्छ । फोटोमा नोइज नियन्त्रण गर्नका साथै सफा र उज्यालो फोटो उत्पादन गर्ने यसको विशेषता हो । ए.आई. नाइट अल्गोरिदमले पृष्टभूमिलाई पर्याप्त प्रकाश दिनुका साथै अनावश्यक फोटोको नोइज नियन्त्रण गर्दछ ।

कम प्रकाशमा पनि क्यामेराको क्षमता बिस्तार गरी उत्कृष्ट फोटो खिच्न सक्ने प्रविधि भी २१ म समावेश गरिएकोछ । यसो गर्नमा ओएलइडी जस्तो प्रविधि जोडिएको छ । यसले फोटो र रेकर्डिङ्गमा राम्रो परिणाम ल्याउँछ ।

भी २१ म विभिन्न विशेषता रहेकाछन् र दोहोरो दृश्य भिडियो खिच्न सक्दछ । जसमा आर्ट फोटोहरु समावेश गर्न सकिन्छ । यस्ता फोटो सहजै खिच्न सक्ने क्षमता भी २१ मा छ ।

यो ७.२९ एमएम अल्ट्रा स्लीम डिजाइनमा प्राप्त हुनुका साथै सोफेष्टिकेसनको सन्देश दिन्छ । भी २१ ले ग्राहकको इच्छा पूरा गर्ने ७.२९ एमएम स्लीम र सोफेस्टिकेटेड भएकोले यसको माग बढ्दै जाने छ । भी २१ आधुनिक प्रविधिको उत्कृष्ट नमूनाको रुपमा बजारमा आएकोछ । यो स्मार्ट फोन एमटीके डाइमेन्सिटी ८०० यु प्रोसेसर मा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ । भी २१मा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ ।

भी २१ नेपालमा जुलाई २०, २०२१ बाट ४९,९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

भिभो त्यस्तो प्रविधिमा आधारित कम्पनी हो जसले ग्राहकलाई शक्तिशाली र राम्रो ह्याण्डसेट उपलब्ध गराउँछ । यसले ग्राहकको आधुनिक जीवन पद्धतिमा थप सुधार ल्याउँछ । यसले मोबाइल र डिजिटल जीवनलाई सहज बनाउँछ । भिभोले दिगो विकास रणनीतिलाई प्रयोग गर्दै आफ्ना उत्पादन बलियो र लामो समय टिक्ने बनाएर अन्तर्राष्ट्रियस्तरको कर्पाेरेशन बनेको छ ।

स्थानीय युवाको प्रतिभालाई उपयोग गर्न भिभोले १० ठाउँमा अनुसन्धान र विकास केन्द्र खोलेर तालिम र काम दिएको छ । त्यस्ता केन्द्र सेन्जेन, नानजिङ, बेइजिङ, डोङ्गग्वान, हाङ्गझोउ, सांघाई, सि यान, ताइपेइ, टोकियो र सान डिएगोमा खोलिएका छन् ।

उपभोक्तालाई मनपर्दो प्रविधि साथै आर्टिफिसियल इन्टेलिजेन्समा ५ जी क्षमता प्रयोग भएको छ । भिभोका ५ वटा उत्पादन केन्द्रले काम गरिरहेका छन् । ती चिनका साथै दक्षिण एसियामा पनि छन् । भिभोको वार्षिक उत्पादन क्षमता २ सय मिलियन छ भने ५० भन्दा बढी मुलुकमा शाखा सञ्जाल रहेकाछन् । अहिले विश्वभर ४ सय मिलियन ग्राहकहरुले भिभोको उत्पादन प्रयोग गरिरहेकाछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ३ : ०७ बजे

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको