संसद पुनर्स्थापनासँगै संसदीय समिति पनि सक्रिय | Khabarhub Khabarhub

संसद पुनर्स्थापनासँगै संसदीय समिति पनि सक्रिय


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतको आदेशसँगै प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संसदीय समितिहरु पनि क्रियाशिल हुन थालेका छन् ।

यसै क्रममा मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठक बसेको थियो । सिंहदरबारमा बसेको बैठकले अख्तियार, निर्वाचन आयोग र लोकसेवा आयोगको प्रतिवेदनलाई संसदमा पेश गर्ने निर्णय गरेको छ ।

समिति सभापति शशि श्रेष्ठले उक्त प्रतिवेदनमा आएका सुझावहरुलाई समेट्न समिति सचिवलाई निर्देशन दिएको र समितिले सबै सुझावलाई समेटेर तयार पारेपछि प्रतिवेदन संसदमा पेश गरिने बताइन् ।

उनले उपसमितिमा छलफल भएको प्रतिवेदनलाई समितिमा दफावार छलफल गर्न आवश्यक नरहेको तर सांसदहरुले राखेका सुझावहरुलाई भने समावेश गरिने जानकारी दिइन् ।

बैठकका सांसदहरुले प्रतिवेदनलाई पुन: समितिमा दफावार छलफल हुनुपर्ने धारणा राखेका छन् । सांसद रेखा शर्माले उपसमितिले समितिमा प्रतिवेदन बुझाइसकेको अवस्थामा अब त्यसलाई समितिले आवश्यक सुझाव समेटेर अघि बढाउनुपर्ने बताइन् ।

त्यस्तै सांसद विजय सुब्वाले उपसमितिबाट आएका प्रतिवेदनलाई पुन: समितिमा दफावार छलफल गरेरमात्र अघि बढाउन उचित हुने धारणा राखेका थिए ।

त्यस्तै अन्य सांसदहरुले आवश्यक परिमार्जन र सुझावलाई समेटेर मात्र अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ३ : १९ बजे

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा

ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण 

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)

काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ