एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ ।

भेटका लागि महासचिव चन्द, नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बाँस्तोलालाई लिएर ओली निवास बालकोटमा पुगेका थिए ।

उक्त भेटमा एमालेका नेता राजन भट्टाराई पनि सहभागी थिए । उनका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौँ, त्यसअनुसार नै अगाडि बढ्न चाहन्छौँ भनेका थिए ।

विप्लव समूहले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो गरेको थियो ।

कानूनी जटिलता र त्यसलाई फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेकाले सहमति कार्यान्वयनमा ढिला हुन गएको जवाफ दिएको नेता भट्टराईले बताए ।

छलफलका क्रममा अहिले एमाले विपक्षमा रहे पनि उक्त सहमतिबारे आफ्नो धारणा एक रहने बताएको ओलीलाई उद्धृत गर्दै उनले बताए ।

यसअघि, विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूलाई भेटवार्ता गरेका थिए ।

उक्त भेटमा विप्लवले नेता धर्मेन्द्र बास्तोलालाई साथमा लिएरका गएका थिए भने ओलीसँगको भेटमा अर्का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई पनि सँगै लगेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  २ : ०४ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको