एमाले वरिष्ठ नेता नेपालसँग दाहाल र यादवको छुट्टाछुट्टै भेटवार्ता | Khabarhub Khabarhub

एमाले वरिष्ठ नेता नेपालसँग दाहाल र यादवको छुट्टाछुट्टै भेटवार्ता


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

बिहान कोटेश्वरस्थित नेपाल निवासमा दाहालले उनीसँग ४५ मिनेट जति कुराकानी गरेका हुन् । भेटमा दाहालले सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेको बुझिएको छ ।

दाहाललाई ९ बजेतिर नेपाल निवासबाट बाहिरिएपछि जसपा अध्यक्ष यादब पुगेका थिए । यादवसँग के कुराकानी भयो भन्ने केही खुलाइएको छैन ।

यद्यपि ओली सरकार ढाल्न एकजुट भएका सबै सरकारमा सहभागी भएर जनतामा सकारात्मक सन्देश दिनपर्ने भन्दै उनीहरुले नेपाललाई आग्रह गर्दै आएको जनाइएको छ । तर नेपाल पक्षका कतिपय नेताहरु एमालेमै रहेर संस्थागत निर्णय बिना सरकारमा जान नहुने पक्षमा छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ११ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न