महामारीमा टोकियो ओलम्पिक : खेलाडीका लागि होइन, कर्पोरेट स्वार्थ हो « Khabarhub
Logo
१७ श्रावण २०७८, आइतबार

महामारीमा टोकियो ओलम्पिक : खेलाडीका लागि होइन, कर्पोरेट स्वार्थ हो



ओलम्पिक टर्च प्रज्ज्वलन गर्ने समारोहको दुई साताअघिसम्म प्रस्ट रूपमै यसका हिस्सेदारहरूले खेल स्थगित गर्नुपर्छ भन्नेमै समयको गत अघि बढेको थियो । कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्नु र सङ्कटकाल लाग्नु के सामान्य सेट ब्याक हो र !

१६ प्रतिशत जनसङ्ख्याले मात्र भ्याक्सिनको मात्रा पूरा गरेको र ८३ प्रतिशत जनताले यसलाई स्थगित गर्न या अर्को मिति तय गर्न आवाज उठाइरहेको समयमा आयोजना भएको यो ओलम्पिक आधुनिक खेलकुदको इतिहासमा पैसाकै लागि मानवतामाथिको एक निर्लज्ज र हास्यास्पद प्रहार हो । त्यहाँका शासक आफैँले पनि खेलकुदले कोरोना भाइरस फैलाइरहेकोमा चासो दिइरहेका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी), सुनको लोभमा परेको छ । एनबीसी युनिभर्सल चाँदी र जापानको ओलम्पिक आयोजक कमिटीले कास्य पाउने छन् । महामारीले प्रभावित यस खेलको सबैभन्दा प्रमुख कहानी नै आमव्यक्तिको स्वास्थ्य सङ्कटभन्दा आर्थिक फाइदालाई दिइएको प्राथमिकताको कुरा नै हुनेछ ।

कसैले लामो त्याग र प्रशिक्षण गरेर प्रतिस्पर्धाका लागि पर्खिरहेका खेलाडीका लागि यो खेल हो भनेका छन् । म पनि खेलाडीलाई अनादर गर्ने पक्षमा छैन र उनीहरूको मतलब छैन पनि भन्दिनँ ।

मैले तिनीहरूलाई भनिरहेको छु, जसले कोरोना भाइरसको सङ्क्रमण भोग्ने र आफ्नै वरपर धेरै मृत्यु देख्नेहरूलाई कसिलो ढङ्गले भ्रममा राख्दै केबल कर्पोरेट वास्तविकताको असहज परिस्थितिमा उनीहरूलाई रहन बाध्य गरे ।

आगामी २०३२ सम्मका लागि ओलम्पिकको प्रसारण अधिकार प्राप्त गर्न एनबीसी युनिभर्सलले साढे सात अर्ब अमेरिकी डलर तिरेको छ । एनबीसी इन्टरनेसनल आइओसीका लागि सुनको अण्डा दिने कुखुरा जस्तै हो । यो नै आम्दानीको सबैभन्दा ठूलो एकल स्रोत हो । पैसाको यो नेटवर्किङ समूहको मूल्य र विज्ञापन बापत पाइने रकम फेरि भविष्यमा आर्जन हुने छैन । टोकियोले अहिले देखिएको डेल्टा भेरिअन्टसँगै सङ्क्रमण दर बढाएरै भए पनि पैसा गुमाउन सक्दैन थियो ।

टोकियोको मेडिकल प्राक्टिसनर्स एसोसिएसनले गत मेमा नै विशाल बहुर्राष्ट्रिय समारोहका कारण सङ्क्रमण फैलिए अस्पतालको क्षमता र स्वास्थ्य जनशक्तिले थेग्न नसक्ने जनाउँदै ओलम्पिक देल स्थगित गर्न अनुरोध गरेको थियो । टोकियो भन्दा बाहिरका शहरहरूमा सरकारसँग अस्पतालको अभाव छ । त्यहाँको सुविधा स्थानीयवासीलाई आवश्यक भएका कारण खेलाडीलाई उपलब्ध हुन नसक्ने जनाइएको छ ।

चेन्ज डट ओआरजीले तयार गरेको ‘हाम्रो ज्यान जोगाउन टोकियो ओलम्पिक स्थगित गर’ भनेर लेखिएको आवेदनमा ४ लाख ५० हजारको हस्ताक्षर थियो । पछिल्लो शनिबार टोकियोमा ९५० नयाँ संक्रमण दर्ता गरियो । लगातार २१ दिन पछिल्लो साताको तुलनामा सङ्क्रमण दर बढ्ने क्रम जारी रह्यो ।

‘किसान र गरिबको मतलब हुँदैन, धनीको मात्र हुन्छ’ भने झैँ अझै पनि आइओसी’ जापानले संसारलाई भ्रममै राखेको छ । टोकियो २०२० ओलम्पिक आयोजक कमिटीका अध्यक्ष सिइको हासिमोतोले भनेकी छन्, ‘म चर्चिल र यो समय १९४१ भए पनि खेल भएरै छाड्नेछ ।’

टोकियोमा भएको पछिल्लो खेल ऐतिहासिक र विश्वव्यापी महोत्सव भए पनि यो चाहिँ दुःखद र खल्लो खालको भएको छ । १९६४ मा जापान दोस्रो विश्व युद्धको हारपछि फेरि संसारका सामु खुल्दै थियो । जापानी जनताले संसारलाई स्वागत गरेको त्यो ओलम्पिकमा युद्ध अपराधमा कहिले मुद्दा नचलाइएका राजा हिरोहिताले १० हजार मिटरमा अप्रत्याशित जित पाएका बिल्ली मिल्सको सराहना गरेका थिए ।

कसैले लामो त्याग र प्रशिक्षण गरेर प्रतिस्पर्धाका लागि पर्खिरहेका खेलाडीका लागि यो खेल हो भनेका छन् । म पनि खेलाडीलाई अनादर गर्ने पक्षमा छैन र उनीहरूको मतलब छैन पनि भन्दिनँ ।

त्यसको उल्टो अब आउँदै गरेको खेलमा कोभिडको त्रास त्यत्तिकै छ र दर्शक पनि हुने छैनन् । ओलम्पिक वा यो खेलमा त टिनएजरहरू अन्तिम परीक्षा दिएर होटेलमा खुसीयाली मनाइको जस्तो यस्तो चमक व्याप्त हुनुपथ्र्यो । वयस्कहरू कारको साँचो लिएर हिँड्नुको साटो उनीहरूलाई आईओसी, एनबीसी र जापानी आयोजकहरूले नरकको बाटोमा लैजाँदै छन् ।

सात ओलम्पियाडको समाचार सङ्कलनको विशेष अधिकार पाएका कारण मैले साँच्चै उत्कृष्ट र राम्रोका लागि खेलकुदले सबैलाई सँगै हिँडाउने र यसलाई क्लिक गराउने नै साँचो ओलम्पिक हो भन्ने बुझेको छु ।

मैले मेक्सिको सिटीमा पोडियममा तेस्रो व्यक्ति पनि देखेको छु, जो आफ्नो देशकी नागरिक आदिवासी अस्ट्रेलियनले सिड्नी २००० मा स्वर्ण पदक जितेपछि खुलमखुला रोइरहेकी थिइन् । मैले अफगान महिला तालिवानलाई खिस्याउँदै हिजाबमा छोटो दुरीको दौड दौडिरहेको देखेको छु । जो पछि लन्डन ओलम्पिकको १०० मिटर दौडमा सहभागी भइन् ।

१९९६ को एटलान्टाको सेन्टनानियन पार्कमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई उपचार गरेका फिजिसियनसँग मैले अन्तर्वार्ता गरेको छु । मैले जीवनको औचित्य पुष्टि गर्ने र देशको माया यहाँ देखेकै कारण बारम्बार म यस पेसामा किन छु भन्ने महसुस भइरहन्छ ।

जो खेलाडी टोकियोमा सहभागी हुँदैछन्, साहसीको दोस्रो पहिचान पनि पाउने छन् । तिनीहरूले मेडिकल क्लेरेन्स, विमान रद्द भएको सूचना, एक ठाउँ बाट अर्को ठाउँमा बसाइँसराइ र कहिले यो प्रतिस्पर्धा हुन्छ या हुँदैन भन्ने कुराको मानसिक तनावसहित यावत कुरा सहेर गएको दुई वर्षमा आफ्नो जीवन समायोजन गरेका छन् ।

यसबापतको पुरस्कार ? आफ्नी आमा, बा या दाजुभाइ, दिदीबहिनीलाई खुसीयाली मनाउन या खेल जीवनको सबैभन्दा भावुक र संवेदनशील क्षणमा साझेदारी गर्नका लागि छेउमा पाउने छैनन् । टोकियो छेउका ठाउँमा हल्ला गर्ने दर्शक हुने छैनन् । आफ्ना देशको चित्र कोरिएका अनुहार हुने छैनन्, ट्र्याक या पुलको ५० मिटर वरपर अन्य कोही हुने छैन ।

अवश्य, यसका बाबजुद ओलम्पिक भङ्ग गर्ने सोच नै बनेन । थप एक वर्ष ओलम्पिक साइकललाई लामो बनाउनु भनेको टोकियो २०२० टोकियो २०२२ हुनु हो । पेरिस २०२४ र लस एन्जलस २०२८ लाई छाड्ने हो भने हरेक कुरा दुई वर्ष पछाडि धकेलिने छन् । प्रतिस्पर्धा गर्न दुई वर्ष कुरेरै बसेका रियो २०१६ देखि पेरिस २०२४ सम्म पिक फर्म हुने उमेरकालाई यसले पुरस्कृत गर्ने नै थियो ।

तर आइओसी संयन्त्र र जापानी अधिकारीहरू आम्दानीमा केन्द्रित भए । उनीहरूले त्यहाँ बसोबास गर्ने व्यक्ति र खेलाडी कोभिडको सिकार हुने कुराभन्दा बढी अर्बौं रुपैयाँमा ध्यान दिए । मानवताभन्दा ठूलो अर्को केही नहुने भएकाले धेरै आयोजक देशले व्यावसायिक प्राप्ति भन्दा जीवनका मूल्य रोजाइमा पार्ने गरे पनि अहिले त्यसो भएन ।

(माइकल वाइज अमेरिकी खेल समीक्षक हुन् । हाल ईएसपीएनमा आबद्ध  वाइज लामो समय न्यु योर्क टाइम्स र वासिङ्टन पोस्टमा आबद्ध थिए । वासिङ्टन पोस्टमा ११ जुलाई मा प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)

 

 


भर्खर

0