आयरल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात | Khabarhub Khabarhub

आयरल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजमा पाहुना टोली  दक्षिण अफ्रिकाले विजयी शुरूवात गरेको छ ।

डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ३३ रनले हराउँदै तीन खेलको सिरिजमा बिजयी शुरूवात गरेको हो । जितसँगै दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए । बेरी म्याककार्थीले अविजित ३० तथा जोस लिटल १५ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ विकेट लिए । लुंगी एनजिडी र जर्ज लिन्डेले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले सर्वाधिक ३९ रन जोडे ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : २५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०