विपक्षी गठबन्धनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल | Khabarhub Khabarhub

विपक्षी गठबन्धनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी रणनीतिबारे छलफल गर्न बसेको विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा कसरी सुदृढ बनाउने भन्ने बारेमा छलफल भएको बैठकमा सहभागी माओवादी नेता देव गुरुङले जानकारी दिए ।

उनले भने,‘गठबन्धनको बैठक निरन्तर बस्ने प्रक्रियाअनुसार आजको बैठक बसेको हो । बैठकमा गठबन्धनलाई कसरी सुदृढ र प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो ।’

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा र महामन्त्री पूर्णबहादुर खडका सहभागी थिए । माओवादी केन्द्रकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ र देब गुरुङ सहभागी थिए ।

बैठकमा एमालेबाट निस्कासित नेताहरु माधव कुमार नेपाल र  भिम रावल सहभागी थिए ।

बैठकमा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायत सहभागी थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ०८ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश