पसल फुटाएर नगद तथा सामान चोरी गर्दै हिँड्ने दुईजना पक्राउ | Khabarhub Khabarhub

पसल फुटाएर नगद तथा सामान चोरी गर्दै हिँड्ने दुईजना पक्राउ


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा विराटनगर ११ का २९ वर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ वर्षीय सन्तोष दास रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष प्रहरी परिचालन गरी उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभी थान-१, कानमा लगाउने झुम्का थान-३, लेड टिभी थान-१, मोबाइल थान-२, फलामे कराई थान-१, फलामे औजार थान-४, चाँदीको सिक्री थान-१ र नेपाली नगद ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेष्ठ ९ गते विराटनगर ११ का विनोद कुमार नुनियाले सञ्चालन गरेको महाविर इलेक्ट्रिक पसलमा भेन्टिलेसन फुटाई नगद ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ बैंकरोडका समिर लामाको पसलमा राती झ्याल फुटाई नगद ८९ हजार १ सय ४५ र २ वटा मोबाइल, त्यसै गरी गत जेष्ठ १६ गते विराटनगर – ९ महेन्द्रचोकस्थित अनिस रिजालले संचालन गरेको अफिसको ढोका फुटाई धाराको टुटी ७ थान र गत जेष्ठ १५ गते विराटनगर ९ रामजानकी पथका बिरेन्द्र कुमार मण्डलले संचालन गरेको सुनचाँदी पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पूजाको भाडा ३५० ग्राम, नगद रु. १७ हजार र ग्याँस सिलिण्डर थान १ चोरी गरेको खुलेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ३० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका