उद्धार तथा राहत कार्यलाई विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

उद्धार तथा राहत कार्यलाई विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री खगराज अधिकारीले प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गर्दै मन्त्री अधिकारीले प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरणका साथै छिटो भन्दा छिटो उद्धार र राहत कार्यमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

मन्त्री अधिकारीले मुलुकको समग्र शान्ति सुरक्षा र कोरोना संक्रमण रोकथाम र उपचारको व्यवस्थापनमा सातै प्रदेशसँग समन्वय गरेर अघि बढ्ने पनि बताएको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।
बैठकमा मन्त्रालयले शान्ति सुरक्षा र विपत व्यवस्थापन कार्यायोजनाका विषयमा प्रस्तुतिकरण गरेको थियो । बैठकमा सातै प्रदेशबाट आएको सुझावलाई ग्रहण गर्दै संयुक्त रुपमा कार्यान्वयनमा लैजाने सहमति भएको प्रवक्ता दाहालले बताए ।

त्यस्तै बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले प्रहरी समायोजन र संघीय प्रहरी ऐनलाई जतिसक्दो छिटो अघि बढाउन पनि मन्त्री अधिकारीलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : ५० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न