तामाकोशीको तटीय क्षेत्रमा जोखिम कायमै, सतर्कता अपनाउनू : दोलखा प्रशासन | Khabarhub Khabarhub

तामाकोशीको तटीय क्षेत्रमा जोखिम कायमै, सतर्कता अपनाउनू : दोलखा प्रशासन


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय दोलखाले तिब्बतको टिङ्ग्री काउन्टीको रोङ्सी खोलामा थुनिएको तामाकोशी पूर्णरूपमा नखुलेसम्म तामाकोशी क्षेत्रमा जोखिम कायमै रहने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार रोङ्सी खोला थुनिएर तालको रूप लिएपछि शनिबार दिउँसोदेखि चिनियाँ टोलीले ताल खुलाएर सीमित जल प्रवाह शुरू भएर तत्कालको तरा टरेको छ तर जोखिम पूर्णरूपमा टरेको छैन ।

थुनिएको नदी खुलाइएको तर अनुमानित एक लाख घनमिटर पानी जम्मा भएकाले बिस्तारै कम गर्ने प्रयास भइरहेको चिनियाँ पक्षले जानकारी गराएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

जलाशयको पानी पूर्ण रुपमा खाली नभएसम्म सीमावर्ती क्षेत्र तथा तामाकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : २५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले