स्रोत नखुलेको २२ लाख रुपैयाँसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित तीन जना पक्राउ


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले मोरङको विराटनगरबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा बिहीबार दिउँसो विराटनगरको रोडशेष चोकबाट २२ लाख ८ हजार रुपैयाँसहित तीनजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१३ का २५ वर्षीय श्रवण साह, रङ्गेली नगरपालिका–१ बबियाविर्ताकी २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर–१३ का ३३ वर्षीय अमृतकुमार साह सुडी छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार, बिहीबार विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा २५ वर्षीय साहले बोकेको झोलाबाट २१ लाख ७१ हजार पाँच सय र उनीसँगै रहेकी चौधरीको साथबाट २३ हजार भारतीय रुपैयाँ बरामद भएको हो ।

मोटरसाइकलमा रहेका उनीहरुलाई रोडशेष चोकमा चेकजाँच गर्ने क्रममा रकम भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका साह र चौधरीको बयानपछि प्रहरीले अमृतलाई घरबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : १५ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको