ओलाङचुङगोला र याङ्मामा प्रवेश निषेध | Khabarhub Khabarhub

ओलाङचुङगोला र याङ्मामा प्रवेश निषेध


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ । जिल्लाका दुई हिमालीबस्ती ओलाङचुङगोला र याङ्मामा अन्यत्रबाट आवात जावज गर्न तथा प्रवेशमा समेत पूर्ण निषेध गरिएको छ ।

फक्ताङलुङ गाउँपालिका ७ मा पर्ने ती बस्तीमा यही जेठ ७ गतेदेखि १५ गतेसम्म प्रवेशमा रोक लगाइएको वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए ।

उहाँले कोरोना सङ्क्रमण दिनानुदिन वृद्धि भएका अवस्थामा अहिलेसम्म सुरक्षित रहेका ती बस्तिमा मानिसको आवतजावत रोक्ने निर्णय भएको बताए । निषेधको खबर गाउँबस्तिमा गरिएको छ । स्थानीयवासीलाई बाहिरी मानिस नराख्न र स्वास्थ्यका मापदण्ड अपनाउन गाउँपालिकाले आह्वान गरेको छ ।

ओलाङचुङगोला पुग्न सदरमुकाम फुङलिङबाट सवारी साधन र पैदल गरी दुई दिन लाग्छ भने याङ्मा तीन दिन लाग्छ । ओलाङचुङगोलामा ५३ घरपरिवार रहेकाछन् भने याङ्मामा ११ परिवारको बसोबास छ । धनाबस्ति भएकाले एक जना मात्रै सङ्क्रमित भए पुरै बस्ती उच्च जोखिममा पर्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिइएको बताइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : ०१ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश