प्रधानमन्त्रीलाई कारबाही गर्न माग गर्दै कांग्रेसले दियो उजुरी | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई कारबाही गर्न माग गर्दै कांग्रेसले दियो उजुरी


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गरेको छ ।

प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको हो ।

राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा पनि प्रचार गरेको भन्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो।

कांग्रेस संसदीय दलको बुधबारको बैठकको निर्णय अनुसार बिहीबार आयोगमा उजुरी दर्ता गराएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा राष्ट्रियसभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापालाई मत मागेका थिए।

यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि बुधबार साँझ एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : २६ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु