सुरक्षाको पछुतोः ‘कपी गर्ने कुराको घोर विरोधी हुँ’ | Khabarhub Khabarhub

सुरक्षाको पछुतोः ‘कपी गर्ने कुराको घोर विरोधी हुँ’


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आफू अभिनित सर्ट फिल्म ‘मन बार’ हिन्दी सर्ट फिल्म ‘नामर्द’को ‘कपी’ रहेको खुलेपछि अभिनेत्री सुरक्षा पन्तले पछुतो मानेकी छन् । उनले फिल्म ‘कपी’ रहेको पहिल्यै जानकारी पाएको भए काम नगर्ने दाबी गरेकी छन् ।

उनले फेसबुकमा कुनै अवधारणा मनपरेर काम गरे पनि त्यो गलत हर्कतले गरिएको छ भने त्यसले मन खुम्चिने उल्लेख गरेकी छन् ।

‘कुनै आइडिया मन परेर काम गरिन्छ । अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ’, उनले लेखेकी छन्, ‘व्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर विरोधी हुँ म । त्यसैले अनविज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु ।’

उनले सर्ट फिल्मको दोस्रो भाग बनाउने कुरा चलिरहे पनि आफू त्यसमा काम नगर्ने मनसायमा पुगेको उल्लेख गरेकी छन् ।

‘यो पाठ हो, केवल मैले होइन सम्पुर्ण टीमले मनन गर्न जरुरी छ’, उनले लेखेकी छन्, ‘टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ ।’

जीवन शाहीको निर्देशनमा तयार भएको ‘मन बार’मा सुरक्षा पन्त र कोशिस क्षेत्री प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १ : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०