जब शववाहन चालकले आनाकानी गरे... | Khabarhub Khabarhub

जब शववाहन चालकले आनाकानी गरे…



काठमाडौँ– ‘चालकले संक्रमित महिलाको शव घाटसम्म लैजान नमानेपछि चावी मागेँ र शववाहन हाँकेर घाटसम्म पुर्‍याएँ ।’

यो भनाइ हो हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेख महेबुब रेजाको ।

सर्लाहीस्थित हरिवन नगरपालिकाको कोभिड अस्पतालमा ५५ वर्षीया शोभा भट्टराईको मङ्गलबार मृत्यु भयो ।

शववाहनका चालक घाट जान मानेनन् अनि कोभिड अस्पताल रहेको वडा नम्बर ११ का वडा अध्यक्ष रेजा आफैँ अघि सरे । शोभा लालबन्दी नगरपालिकाको एक क्लिनिकमा कार्यरत थिइन् । उनलाई गत वैशाख ३१ गते कोरोना पोजेटिभ देखिएको थियो ।

होम आइसोलेसनमा बसेकी शोभालाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार राति ९ बजे उनी कोभिड अस्पताल पुर्‍याइएकी थिइन् ।

‘संक्रमित महिलाको मृत्यु भयो भनेर मलाई अस्पतालबाट फोन आयो,’ वडा अध्यक्ष रेजाले खबरहबसँग भने, ‘मेयर साब र सेनालाई जानकारी गराएँ । सेनाले शववाहन व्यवस्था गरिदिनुस् भन्यो ।’

वडा अध्यक्षले तत्काल शववाहन चालकलाई अस्पताल बोलाउ फोन गर्दै घटना जानकारी गराए । उनका अनुसार चालकले आनाकानी गर्दै ‘संक्रमणको डर छ, मलाई अलि सन्चो पनि छैन’ भने । वडाअध्यक्षले चालकलाई ‘म शववाहन लिन त्यहीँ आउँछु, चाबी ठिक पारेर राख्नू’ भने ।

लगत्तै उनले कार्यालयमा रहेको एक थान पीपीई सेट लगाए, हातमा पञ्जा लगाए र मेयरलाई जानकारी गराएर शववाहन लिन चालकको घर पुगे ।

चाबी लिएँ गाडी हुइक्याएँ र मेयर साबलाई सोधेँ, ‘चालक आउन मानेनन् शव के गर्ने ?’

स्थानीय समस्या हामीले नै समाधान गर्नुपर्छ भन्ने हौसला मेयरले दिए । सेनाका केही जवानहरूले शव उठाएर गाडीमा राखे । वडाअध्यक्ष रेजा आफैँ शववाहन चलाएर अस्पातलबाट ९ किलोमिटर पर बाग्मती किनारमा पुगे ।

उनले भने, ‘संक्रमितको शव लिएर जाँदा अलिकति पनि डर लागेन । बरु मनोबल उच्च राख्दै गर्व महसुर गरेँ ।’ विश्व नै संक्रमणमा गुज्रिएको अवस्थामा सबै तहका जनप्रतिनिधिले आफूलाई सुरक्षित राख्दै खटेर काम गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘हामीले नै बेवास्ता गर्‍यौँ भने जनताको अवस्था के हुन्छ ! आआफ्नो दायित्व सम्झेर आआफ्नो ठाउँबाट सहयोग गरौँ ।’

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १२ : ४७ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका