र्‍यापर रकीको प्रेममा रिहान्ना | Khabarhub Khabarhub

र्‍यापर रकीको प्रेममा रिहान्ना


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– अमेरिकी गायिका रिहान्ना केही समय यतादेखि अमेरिकी र्‍यापर आसाप रकीसँग सम्बन्धमा रहेको खुलेको छ । हालैको एक अन्तरवार्तामा र्‍यापर रकीले रिहानालाई ‘आफ्नो जीवनको प्रेम’ रहेको उल्लेख गरेपछि उनीहरु प्रेममा रहेको खुलेको हो ।

बीबीसीका अनुसार सन् २०१३ मा आसापले रिहान्नाको ‘डायमण्ड वल्र्ड टुर’मा समर्थन गरेपछि उनीहरु डेटिङमा रहेको चर्चा चलेको थियो ।

‘उनी सायद अरुको जस्तो करोडौंको पनि हुनसक्छिन् । मलाई लाग्छ, जब तपाईंलाई थाहा हुन्छ, तपाईंलाई थाहा छ’, उनले भनेका छन्, ‘उनी एक हुन् ।’

यो जोडी सन् २०१३मा फेसन कलाका लागि रकीले बनाएको भिडियोमा फिचर्ड छन् । उनीहरु आधिकारिक रुपमा प्रेममा परेपछि पापराजी तथा फोटोग्राफरबाट बचेर हिँडिरहेका थिए ।

सन् २०१९ मा स्टकहोमको झगडामा संलग्न रहेको आरोपमा वास्तविक नाम रकिम मेयर्स रहेका रकीलाई दुई वर्षसम्म निलम्बन गरिएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १२ : ३५ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको