भारतको कोरोना भेरिएन्टबारे हामीलाई के थाहा छ ! « Khabarhub
Logo
६ असार २०७८, आइतबार

भारतको कोरोना भेरिएन्टबारे हामीलाई के थाहा छ !



भारतमा भेटिएको नयाँ प्रकारको कोभिड–१९ भाइरस तीन प्रकारको रहेको छ । ‘बी.१.६१७.१’ जसलाई छोटकरीमा पहिलो प्रकार भनिन्छ ।

यस्तै अर्को हो ‘बी.१.६१७.२’, अर्थात दोस्रो प्रकार र ‘बी.१.६१७.३’ तेस्रो प्रकार । आनुवंशिकरूपमा यी तीनै फरक फरक छन् । यसमध्येमा बेलायतमा पाइएको भाइरस दोस्रो प्रकारको हो ।

हामीसँग प्राप्त तथ्यांकलाई आधार बनाएर भन्ने हो भने यी भाइरसका प्रकारका सम्बन्धमा केही राम्रा र केही नराम्रा समाचार छन् ।

राम्रो समाचार के हो भने हामीलाई लाग्छ कि यसमा ‘४८के/क्यू’ उत्परिवर्तन सामेल छैन । जुन धेरै हदसम्म भ्याक्सिन प्रतिरोधसँग जोडिएको छ । त्यसैले हाल हामीले प्रयोग गर्दै आएको एस्ट्राजिनिका र फाइजर भ्याक्सिनले हाल देखिएको कोरोना भाइरससँग जुध्न काम गर्ने विश्वास लिन सकिन्छ ।

धेरै गर्न नसके पनि यी भ्याक्सिनले हामीमध्ये धेरैलाई कोरोनाका कारण ज्यान गुमाउनबाट जोगाउनेछ । हामीसँग यी नयाँ प्रकारका भाइरसले पहिलाको भन्दा खतरा निम्त्याएको कुनै तथ्य छैन । कम्तीमा हालसम्मका लागि यस्तो तथ्य हामीमाझ छैन ।

नराम्रो समाचार के हो भने हामीले कोरोना भाइरसको ‘भारतीय प्रकार’ सबैमा ‘एल४५२आर’ उत्परिवर्तन सामेल हुने विश्वास गरेका छौँ । यस्तो क्लालिर्फोनियामा भेटिएको कोरोना भाइरसको प्रकारमा पनि पाइएको थियो । यो प्रकारले केही हदसम्म भ्याक्सिन प्रतिरोध र अधिक मात्रामा सक्रमण फैलाउने सम्भावना देखिन्छ ।

दोस्रो प्रकारको कोरोना भाइरस पश्चिमा जनतामा तीव्र गतिमा फैलिएको देखिन्छ । यो हाल देखिएको ‘बी.१.१.७’ ‘केन्ट प्रकार’ भन्दा तीव्र गतिमा फैलिएको पाइएको छ ।

यसमा नयाँ प्रकारको उत्परिवर्तन पनि पाइएको छ । यो नयाँ उत्परिवर्तनले के गर्छ भन्ने हामीलाई अहिलेसम्म कुनै जानकारी छैन । हुन सक्छ यसले संक्रमण दर तीव्र गतिमा बढाउँछ ।

यदि हाम्रो रोग प्रतिरोधात्मक क्षमता कम छ भने हामी निम्नस्तरको घाँसे मैदानमा घाँस चरेको जस्तो देखिनेछौँ । यदि भाइरस तीव्र गतिमा फैलिँदै आयो भने (भारतमा आएको जस्तै) हामी छिटो गतिमा दौडिने जनावरले आफ्नो शिकार पछ्याएको जस्तो देखिनेछौँ ।

बेलायतले १७ मे र २१ जुनबाट आफूलाई पूर्णरूपमा खुला गर्ने योजना बनाइरहेको छ, यी सबैको अर्थ के हुन्छ ? यसका लागि ल्याब र तथ्यांकशास्त्रीबाट अझै धेरै तथ्यांकको आवश्यक हुन्छ, तर यसैबीच परिस्थितिलाई हामीले यसरी पनि सोच्न सक्छौँ ।

केही संक्रमण रोग विशेषज्ञहरू प्रतिरक्षालाई प्रतीकका रूपमा प्रयोग गर्छन् । उनीहरू घाँसे मैदान, पहाड र केही पर हिमाललाई चित्रित गर्छन् । हामीलाई उनीहरू शिकार अझ भनौँ मृगको रूपमा व्याख्या गर्छन्, मानौँ भाइरस सिंह अथवा हाइना हो जो हामीलाई खाना तयारी अवस्थामा बसेको छ ।

यदि हाम्रो रोग प्रतिरोधात्मक क्षमता कम छ भने हामी निम्नस्तरको घाँसे मैदानमा घाँस चरेको जस्तो देखिनेछौँ । यदि भाइरस तीव्र गतिमा फैलिँदै आयो भने (भारतमा आएको जस्तै) हामी छिटो गतिमा दौडिने जनावरले आफ्नो शिकार पछ्याएको जस्तो देखिनेछौँ ।

यदि हामीले प्रभावकारीरूपमा काम गर्ने एक डोज भ्याक्सिन मात्रै लगाएका छौँ भने (एस्ट्राजिनिका अथवा फाइजर) अथवा प्राकृतिकरूपमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भने हामीलाई विभिन्न उचाइका पहाडमा उभिएको देख्न सकिनेछ । असम्भव नै नभए पनि भ्याक्सिन लगाएको अवस्थामा हामीलाई शिकारी जनावरले जस्तै भाइरसले सहजै शिकार गर्न सक्दैन ।

यी माथिका दृष्टान्त उपयोगी नभए पनि वर्तमानको घटना प्रस्तुत गर्न सहयोगी सिद्ध हुन सक्छन् । शिकारीले पछ्याएको सबै शिकारको मृत्यु हुन्छ भन्ने छैन । प्रायः जस्तो अवस्थामा शिकार उम्किएका घटना पनि हुन्छन् ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका धेरै जसो मान्छेले बेलायती भाइरसको संक्रमणबाट बच्ने प्रयास गर्ने छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस भाइरसको संक्रमणमा नआउँदा जति पनि मानिस भाइरसको संक्रमणमा आउने छन् त्यो मध्यम प्रकारको भाइरस हुनेछ ।

सबै प्रकारको कोरोना भ्याक्सिनले मृत्युको अनुपातबाट हामीलाई जोगाउनेछ । यद्यपि, तिनले तपाईं हामीमा मध्यम अथवा त्योभन्दा बढी खतरनाक भाइरस संक्रमण भएको अवस्थामा नजोगाउन पनि सक्नेछ ।

यति भन्दै गर्दा नयाँ प्रकारका भाइरस पनि उत्पति हुन सक्नेछन्, जसले भ्याक्सिनको प्रभावकारिता र प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता पनि निस्तेज बनाउन सक्नेछ । त्यो अवस्थाबाट बाँच्न हामीले भ्याक्सिनको प्रभावकारिता बढाउनुपर्छ (ठूला शिखरमा चढ्नुपर्छ) यस्तो हुन सकेको अवस्थामा मात्रै भाइरसको खतराबाट हामी बाँच्न सक्छौँ ।

यो दृष्टान्तले मे १७ मा बेलायतका बन्द स्थानहरू खोल्दा हामीलाई कस्तो प्रभाव पार्छ भन्ने विषयमा के बताउँछ ? बेलायतमा अझै पनि ४० देखि ५० वर्ष उमेर समूहका मानिसले भ्याक्सिन नलगाएको अवस्थामा भारतमा देखिएको भाइरसको प्रकार बेलायतका केही स्थानमा फैलिएको छ ।

असम्भव नै नभए पनि भ्याक्सिन लगाएको अवस्थामा हामीलाई शिकारी जनावरले जस्तै भाइरसले सहजै शिकार गर्न सक्दैन ।

यदि भारतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस उच्च संक्रमणकारी छ भने मे १७ पछिको बेलायतको अवस्था चितुवाको अघि दौडिएको मृगको ठूलो झुन्ड जस्तो हुनेछ (त्यो भनेको भ्याक्सिन नलगाएका रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस ठूलो जोखिममा हुनेछन् भन्ने हो) ।

मे १७ पछिको अवस्थामा बेलायतले बन्द रहेका धेरै क्रियाकलाप पुनः सञ्चालन गर्दैछ, त्यो खतरनाक हुनसक्छ । धेरै जसो मृगहरू शिकार हुनबाट जोगिएर भाग्न पनि सक्छन्, यद्यपि, धेरैको शरीरमा केही घाउ भने लाग्नेछ ।

पछिल्लो अवस्थाले बेलायतमा लामो समयसम्म कोभिड संक्रमणको अवस्था रहन सक्ने देखाउँछ । त्यसैले भ्याक्सिन नलगाएका व्यक्तिले आउँदा हप्तामा आफूलाई अझ बढी सुरक्षित राख्न आवश्यक हुन्छ ।

भाइरसको दोस्रो प्रकार (चितुवा) मा पहाड चढ्न सक्ने क्षमता पनि हुनसक्छ । त्यो अवस्थाबाट पनि केही मृगहरूले आफूलाई जोगाउन त सक्लान् तर त्यसको आक्रमणबाट लाग्ने चोटपटकबाट भने जोगिन मुश्किल हुनेछ ।

यो अवस्थामा मिश्रित भ्याक्सिनको प्रभाव कस्तो हुन्छ अथवा मिश्रित भ्याक्सिन लगाएर हामी हिमालको टुप्पोमा पुग्न सक्छौँ कि सक्दैनौँ भन्न सकिँदैन । यस विषयामा चिकित्सकीय प्रयोग भने भइरहेको छ ।

हामीले निकट भविष्यमा नै मिश्रित भ्याक्सिनको प्रयोगबाट आउने परिणामका विषयमा जानकारी हासिल गर्न सक्नेछौँ । भाइरसको अर्को प्रकार आउनु अगावै यो पत्ता लाग्ने आशा गर्न सक्छौँ ।

व्यावहारिकरूपमा यसको अर्थ के हुन्छ ? यसले भ्याक्सिनको कार्यक्रम वृद्धि गर्न सहयोग पुर्‍याउन सक्छ । जसले गर्दा १८ देखि ५० वर्ष उमेर समूहका व्यक्ति, जसले हालसम्म पनि एक डोज पनि भ्याक्सिन पाएका छैनन्, उनीहरूलाई भ्याक्सिन कार्यक्रममा सहभागी गराउन सकिनेछ ।

पीसीआर परीक्षणले मात्रै दोस्रो प्रकारको भाइरस नियन्त्रणमा लिन सकिन्छ जस्तो देखिँदैन । त्यसैले हामीले भ्याक्सिनको पहिलो डोज लगाए पनि मास्क लगाउने र भौतिक दूरी कायम गर्ने उपाय अझ केही समय पालना गर्नुपर्ने हुन्छ ।

नयाँ प्रकारको भाइरसको संक्रमण दर बढ्दै गर्दा अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीको संख्यामा पनि वृद्धि हुँदै जानसक्छ । त्यसका लागि एनएचएस समूहसँग अहिलेदेखि नै हातेमालो गर्न आवश्यक हुन्छ ।

यदि हामीले मितिमा भन्दा तथ्यांकमा ध्यान दिएको भए १७ मे र २१ जुनबाट बेलायतमा जुनजुन सेवा खुला हुँदैछ, त्यो विषयमा विचार गरेका हुने थियौँ । दुर्भाग्यवश, हामीले त्यस्तो गरेका छैनौँ र तथ्यांकमा कम मितिमा बढी ध्यान दिएका छौँ ।

यदि अस्पताल भर्ना गर्नुपर्ने बिरामीको संख्या बढ्यो भने बन्द सेवा खुलाउने विषयमा जुन आनन्द हामीले मान्दै छौँ त्यो बेकारको हुनेछ ।

(जुलियान ताङ संक्रमण रोग विशेषज्ञ र बेलायतस्थित लिसेस्टर विश्वविद्यालयको श्वासप्रश्वास विज्ञान सम्बन्धी प्राध्यापक हुन् । १४ मे २०२१ मा द गार्जियनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

 


भर्खर

0