३३ वाट फ्ल्यासचार्ज रहेको ओपो एफ–१९ नेपाली बजारमा | Khabarhub Khabarhub

३३ वाट फ्ल्यासचार्ज रहेको ओपो एफ–१९ नेपाली बजारमा


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा एफ १९ को बिक्री आरम्भ गरेको छ ।

एफ१९को डिजाइन विशेषगरी उच्च गुणस्तरीय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने “ट्रेण्डसेटिङ” पुस्तालाई ध्यानमा राखी गरिएको छ । एफ१९मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइनपनि दिएको छ ।

यसमा ३३वाट फ्ल्यास चार्ज सुविधा सहितको ५ हजार एमएएचक्षमताको ब्याट्री जडान गरिएको छ । साथै, उत्कृष्ट एमोलेड एफएचडी+ पञ्च–होल डिस्प्ले रहेको छ ।

एफ१९मा स्मूथ परफरमेन्सको सुनिश्चितताकालागि क्वालकम स्न्यापड्रागन ६६२ चिपको प्रयोग गरिएको छ । फोनमा ६ जीबी ¥याम र १२८ जीबी रोमको ब्यवस्था रहेको छ । फोनमा ५ हजार एमएएच ब्याट्रीका साथै फास्ट चार्ज प्रविधिपनि उपलब्ध छ । यसमा ११ भीथ्रीए सोल्यूशनका साथमामात्र ७२ मिनेट मै पूर्ण चार्ज वा ३० मिनेटमै ५४% चार्ज भर्ने क्षमता सहितको ३३ वाट फ्ल्यास चार्ज प्रविधि पनि दिइएको छ । साथै, ५ मिनेटको चार्जबाटै प्रयोगकर्ताले ५.७३ घण्टा कलिङ, १.३७ घण्टा ईन्स्टाग्राम र १.८१ घण्टा यूट्यूबको मज्जालिन सक्छन् ।

ओपो एफ१९मा ४८एमपी मेन क्यामेरा सहितको रियर एआई ट्रिपल क्यामेरा रहेको छ । मेनक्यामेराका साथै फोनमा २ एमपी डेप्थक्यामेरा र २ एमपीमाक्रो क्यामेरापनि जडान गरिएको छ । फोनमा १५ आकर्षक फिल्टर्सको ब्यवस्थापनि रहेको छ । एफ१९माएआई सिन ईन्ह्यान्समेन्ट फिचरको ब्यवस्थापनि छ । रातको समयमा खिचिएका तस्विरमा स्पष्टता प्रदानगर्न यसमा नाइट मोडपनि दिइएको छ ।

एफ१९मा सेल्फीकालागि १६एमपीएआई सेल्फीक्यामेरा जडान गरिएको छ ।

ओपो एफ१९मा भिडियो फिल्मिङ तथा एडिटिङका लागिविभिन्नफिचर्सपनिउपलब्ध छन् । यसमा जडित रियर क्यामेरा मार्फत १०८०पीवा७२०पीको स्टिडी भिडियो ३० एफपीएस सहितखिच्न सकिन्छ ।

त्यसैगरी, यसमा रहेको स्लो(मोले भिडियोमाहल्का नाटकियपन थप्न १२०एफपीएसमा७२०पीको स्लो मोशन भिडियो खिच्ने क्षमता राख्छ । त्यसैगरी, भिडियो सम्पादनमा सघाउँदै स्वचालितरुपमा सामाजिक सञ्जालमा सहजै उत्कृष्ट भिडियो शेयरिङमा सघाउने सोलुपफिचरपनिफोनमाउपलब्ध छ ।

शक्तिशाली प्रोशेसर र ठूलो ब्याट्री भएतापनिओपो एफ१९ले सबैलाई स्लिम, वेलक्राफ्टेड, आकर्षक बडी डिजाइनमा समाहितगर्न सफल देखिन्छ । फोनको चौडाई जम्मा७.९५एमएम र वजन १७५ ग्राम रहेको छ । यसमाप्रयोग गरिएको डाई(कास्टिङ आलुमिनियमअलोइ प्रविधिका कारण मदरबोर्डको सबैभन्दाचौडा भाग समेत जम्मा ०.२१एमममचौडाईको रहेको छ ।

ओपो एफ१९मा अल्ट्रा(हाई रेजोल्यूशन सहितको एमोलेड एफएचडी+ पञ्च-होल डिस्प्लेको प्रयोग गरिएको छ ।

ओपो एफ१९मा दिइएको ९०.८% अल्ट्रा(हाई स्क्रिन–टू–बडी रेसियो सहितको १६.३४ सीएम स्क्रिनले २४०० × १०८० पी रेजोल्यूशन दिन्छ १.६०एमएम बेजल सहितको ३.६८८एमएपञ्च-होल क्यामेराको प्रयोग गरिएको छ । साथै, फोनमाप्रयोगकर्ताको सहजताकालागि ईन–डिस्प्ले फिंगरप्रिन्ट ३.०पनिदिइएको छ ।

ओपो एफ१९ प्रिजमब्ल्याक र मिडनाइट ब्ल्यू गरी दूई आकर्षक रंगमा नेपाली बजारमा उपलब्ध गरिएको छ । ६ जीबी ¥याम र १२८जीबी सञ्चयक्षमताका साथमा सार्वजनिकयसको मूल्य रु. ३४ हजार ५ सय ९०निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : ०६ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा