नेपाललाई समृद्धि र अनुसन्धानको नयाँ युगतिर लैजानुपर्छ : प्रचण्ड | Khabarhub Khabarhub

नेपाललाई समृद्धि र अनुसन्धानको नयाँ युगतिर लैजानुपर्छ : प्रचण्ड


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई अब विकास, समृद्धि, अध्ययन अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर लैजानुपर्ने बताएका छन् ।

‘फादर सन अभियान’ ले मंगलबार काठमाडौँमा गरेको “हिउँ रहे पानी रहन्छ, पानी रहे जीवन वातावरणको अधिकार, मानवअधिकार” विषयक अन्तरक्रियामा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले एउटा समृद्ध समाज निर्माण गर्न अनुसन्धान र अन्वेषणको क्षेत्र महत्वपूर्ण भएको बताए । वातावरणको संरक्षणका निम्ति नेपाली अध्यता र विज्ञहरुले गरेको प्रयास सकारात्मक भएको उनको भनाइ छ । उनले कृषिका क्षेत्रमा युवा वैज्ञानिकहरुले देखाएको विज्ञता निकै उत्कृष्ट देखिएको पनि बताए ।

उनले नेपाली युवा वैज्ञानिकहरुको अनुसन्धान र अन्वेषणको क्षमता अन्य कुनै देशको भन्दा कम नरहेको तर्क गरे ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : १५ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा