मंगलग्रहमा हेलिकप्टर उडानको सफल परीक्षण : नासा | Khabarhub Khabarhub

मंगलग्रहमा हेलिकप्टर उडानको सफल परीक्षण : नासा


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एउटा सानो हेलिकप्टर उडानको सफल परीक्षण गरेको छ ।

इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको नासाले जनाएको छ । नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ ।

उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मङ्गल ग्रह पुर्‍याएको हो। पर्सिभिअरन्स रोभर गत फेब्रुअरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो ।

क्यालिफोर्नियाको पासाडेना स्थित नासाको जेट प्रोपुल्सन ल्याबुरेटरी (जेपिएल) मा रहेकी इन्जेनुएटीकी प्रोजेक्ट म्यानेजर मिमी आङ्गले भनिन्, ‘अब हामीले भन्न सक्छौँ कि मानिसले अर्को ग्रहमा विमान उडायो ।’

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : १० बजे

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका