मनाङ ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो, तीन घाइते | Khabarhub Khabarhub

मनाङ ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो, तीन घाइते


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मनाङमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नासो गाउँपालिकाको खोत्रोपाखा भन्ने स्थानमा शनिबार दिउँसो करिब पौने ४ बजेतिर भएको दुर्घटनामा तीनजनाको घट्नास्थलमै मृत्यु भएकोमा उपचारको क्रममा लमजुङ जिल्ला अस्पतालमा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक शुवास खड्काका अनुसार लमजुङको सदरमुकाम बेँसिशहरबाट ध१ख ५९२ नं. ट्रक सिमेन्ट बोकेर मनाङ जाँदै गर्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी नासो गाउँपालिका ओढारगाउँका ३५ वर्षीय डोलकासी गुरुङ, अन्दाजी ३४ र ३५ वर्षका मनिषा गुरुङ र ६ वर्षीय बालक पियुष गुरुङको घट्नास्थलमै मृत्यु भएको खड्काले जानकारी दिए ।

खड्काका अनुसार ट्रकका सहचालक लम्जुङ मर्स्याङदी–५ का २१ वर्षीय लक्ष्मी नेपाली र मनाङ चामे–४ का २७ वर्षीय राजु विकको लमजुङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्रकका चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तमाङ र अन्य दुई बालिका घाइते छन् । चालक तमाङको लमजुङमै उपचार भइरहेको र गम्भीर घाइते दुवै बालिकालाई थप उपचारका लागि भक्तपुर रेफर गरिएको प्रहरीले जनाएको छ।

उकालो बाटोमा मालवहाक ट्रक ब्रेकफेल भएर पछाडितर्फ करिब डेढसय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : ५८ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले