आर्मीले जित्यो मकवानपुर गोल्डकपको उपाधि | Khabarhub Khabarhub

आर्मीले जित्यो मकवानपुर गोल्डकपको उपाधि


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – साविक विजेता मकवानपुर ११ लाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लबले शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

हेटौंडामा सञ्चालन भएको गोल्डकपमा आर्मीले मकवानपुरलाई १–० गोलले हराएको हो । खेलको ३९ औं मिनेटमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो । मकवानपुरका गोलरक्षक अशोक बराल अघि बढेको मौका छोप्दै उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । घरेलु दर्शकको साथ पाएको मकवानपुरले खेलमा खासै अवसर सिर्जना गर्न सकेन ।

आर्मीले पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसनलाई र मकवानपुरले ए डिभिजन लिग फुटबल च्याम्पियन मछिन्द्र क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता आर्मीले नगद १० लाख रुपैयाँ प्राप्त गर्दा मकवानपुरले भने ५ लाख रुपैयाँमै चित्त बुझाउन बाध्य भयो ।

फाइनल खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता आर्मीका कप्तान टेकबहादुर बुढाथोकी भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा विधागततर्फ पनि विजेता आर्मीकै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक आर्मीका विवश चौधरी, डिफेण्डर आर्मीकै दीपक गुरुङ, मिडफिल्डर आर्मीकै सेसेहाङ आम्देम्बे र उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने घोषित भए । उत्कृष्ट फरवार्ड भने मकवानपुर ११ का रञ्जन बिष्ट भए । उनीहरुले जनही २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ४५ बजे

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय

राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने  

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले इलाम २ मा

अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मन्त्री सिंह

सिरहा– मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा