म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु | Khabarhub Khabarhub

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार– सैन्य ‘कू’ पछि म्यानमारमा जारी प्रदर्शनका क्रममा शनिबार सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

“आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने ।

यस अघि शुक्रबार पनि सुरक्षाकर्मीको गोली लागेर घाइते एक जनामा मृत्यु भएको थियो । म्ये थ्वी चैइङ नामकी उनी गत फेब्रुअरी ९ मा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकी थिइन् ।

प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले वाटर क्यानन, रबरको गोली र वास्तविक गोली चलाउँदै आएको छ । आङ सान सूची नेतृत्वको सरकारलाई हटाएर म्यानमारमा सैन्य कू भएपछि त्यसको विरोधमा पछिल्लो समय दैनिक जसो प्रदर्शन हुँदै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ०४ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट