आलु कसले खान मिल्छ ? कसले मिल्दैन ? | Khabarhub Khabarhub

आलु कसले खान मिल्छ ? कसले मिल्दैन ?


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आलु, हाम्रो भान्सामा प्रयोग हुने आम तरकारी हो । यसको स्वाद मात्र नभई यसमा पाइने पोषणले हाम्रो शरीरमा फाइदा पुर्‍याउँछ ।

कतिपय मानिसहरु भने आलु खाए मोटाइन्छ भनेर आलुको सेवनबाट टाढा रहन्छन् । तर अध्ययनले के भन्छ त ?

केही वर्षअघि भएको एक अध्ययन अनुसार आलु खादैमा मोटाइदैन । तर यसलाई तेल वा घ्यूमा तारेर भने खानु हुँदैन । यसको सट्टा आलु उसिनेर खाएमा फरक पर्दैन ।

भारतको हर्टिकल्चर प्रोडयुस म्यानेजमेन्ट इन्सटिच्युटले सार्वजनिक गरेको अध्ययन अनुसार आलुले मोटोपना बढाउने, मधुमेह रोगीकालागि हानिकारक हुने धारणा चिर्दै आलुमा मोटोपन बढाउने तत्व कम हुने भएकाले आहारको रूपमा आलु खान मिल्ने बताएको छ ।

अध्ययन अनुसार उमालेको वा काँचो आलुमा फ्याटको मात्रा ०.१ प्रतिशत हुन्छ, जसले शरीरको मोटोपन बढाउँदैन । आलुमा कार्बोहाइड्रेट सन्तुलित मात्रामा र फ्याटको मात्रा कम हुने भएकोले अवस्था अनुसारका मधुमेहका रोगीहरूले खान मिल्ने बताइएको छ ।

आलुमा ७५ देखि ८० प्रतिशतसम्म पानी, २.५ देखि ३ प्रतिशत प्रोटिन, ०.६ प्रतिशत फाइबर, १६ देखि २० प्रतिशतसम्म कार्बोहाइड्रेट, ०.१ प्रतिशत फ्याट र १ प्रतिशत खनिज पदार्थ पाइन्छ । आलुमा भिटामिन र ग्लाइको अल्काइड पनि थोरै मात्रामा पाइन्छ ।

एक सय ग्राम काँचो आलुमा ८० क्यालोरी ऊर्जा, सुकेको आलुमा ३ सय २१ क्यालोरी र यति नै मात्राको मकैमा ९६ क्यालोरी, चामलमा ३ सय ६४ क्यालोरी, गहुँमा ३ सय ३२ क्यालोरी ऊर्जा हुन्छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १२ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०