यी हुन् कुखुराको मासु खाँदाका फाइदा | Khabarhub Khabarhub

यी हुन् कुखुराको मासु खाँदाका फाइदा


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यदि तपाईं मांसाहारी हुनुहुन्छ र चिकेन खानाको विशेष पारखी हुनुहुन्छ खुशी हुनुहोस् । त्यस्तो खानाले तपाईलाई कयौँ लाभ दिन्छ ।

– चिकेनमा प्रोटिनको मात्रा उच्च हुन्छ, जसले शरीर तथा मांसपेशीको विकासमा मद्दत पुर्‍याउँछ ।

–  दुब्लो हुनुहुन्छ भने चिकेन खाना ज्यादै उपयोगी हुन्छ, किनकि चिकेन खाने जीउ चाँडै लाग्छ ।

–डिप्रेसन, टाउको दुःखेको आदि अवस्थामा चिकेनको सुप पिउनु ज्यादै फाइदाजनक हुन्छ ।  चिकेनको सुप खानाले दिमागमा सिरोटोनिन नामक पदार्थ निस्किन्छ, जसले मानिसलाई मुडमा ल्याउने, तनाव, चिन्ता आदिबाट मुक्त गर्ने गर्छ ।

– उमेर बढ्दै गएपछि हड्डी कमजोर हुँदै जान्छ । यसले मानिसमा अर्थराइटिस र अस्टियोपोरोसिसजस्ता हड्डीसम्बन्धी समस्या उत्पन्न गराउँछ । चिकेनमा पाइने प्रोटिनले हड्डीसम्बन्धी यस्ता समस्याबाट छुटकारा दिलाउँछ ।

– चिकेन खानाले शरीरमा होमोसिस्टिन नामक एमिनो एसिडको मात्रा बढ्न पाउँदैन, जसले गर्दा मुटु बलियो हुन्छ ।

– चिकेनमा फस्फोरसको मात्रा उच्च हुन्छ । यसले दाँत र हड्डीलाई बलियो बनाउने गर्छ । साथै यसले किड्नी, लिभर र नर्भस सिस्टमलाई पनि बलियो बनाउँछ ।

– चिकेनमा सेलेनियम नामक तत्वको मात्रा बढी हुन्छ । यसले मानिसको थायराइड, हर्मोन्स, मेटाबोलिजम र इम्युनिटी सिस्टमलाई बलियो बनाउँछ ।

– चिकेनमा रेटिनल, अल्फा तथा बिटा केरोटिन, लाइकोपिन, भिटामिन आदि पाइन्छ, जसले आँखालाई तेजिलो राख्छ र रतन्धो हुनबाट जोगाउँछ ।

-समय–समयमा चिकेन खाइरहनाले आँखाको ज्योति कायम रहन्छ ।  आँखा सुख्खा हुने, पानी आउने, मोतियाविन्दु हुने लगायत सम्भावना पनि कम हुन्छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ८ : ३० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द