अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिसद्वारा सपथग्रहण | Khabarhub Khabarhub

अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिसद्वारा सपथग्रहण


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिसले सपथ लिएकी छिन ।

उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिएकी हुन्। उनले दुईवटा बाइबललाई साक्षी राखेर सपथ लिएकी छिन् ।

सपथग्रहणमा कमला ह्यारिसले भनिन् – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुका बिरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराको लागि सत्य विश्वास र बफादार रहनेछु । कुनै जालसाजीको उद्देश्य वा मानसिक दुर्भाव विना नै म स्वतन्त्र रुपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेको छु, त्यो कार्यालयको कर्तब्य मैले राम्ररी र इमान्दारिताका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी हुन्। उनी उक्त पद निर्वाचित प्रथम महिला हुन्। उनलाई

समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा जर्ज डब्ल्यू बुश र लोरा बुश बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन्।

डेमोक्र्याटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै “आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन हो भनेकी छन्।”

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ३५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन