आईपीएलको दिल्ली क्यापिटल टिमबाट फुकुवा भए सन्दीप  | Khabarhub Khabarhub

आईपीएलको दिल्ली क्यापिटल टिमबाट फुकुवा भए सन्दीप 


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली क्यापिटलले फुकुवा गरेको छ।

बुधबार दिल्लीले सन्दीपसहित आधा दर्जन खेलाडीलाई रिलिज गरेको  हो ।

सन् २०१७ मा दिल्लीले सन्दीपलाई आफ्नो टोलीमा आवद्व गरेको थियो। उनी आईपीएल खेल्ने पहिलो नेपमली खेलाडी हुन्। त्यतिमात्र होइन आईपीएलले उनको करियरको ग्राफलाई उचो पारेको थियो।

केही महिना अगाडि दुबईमा सम्पन्न आईपीएलमा सन्दीप टोलीमा रहेर पनि खेल्ने मौका पाएका थिएनन् ।

यद्यपि उनको टोली आईपीएलको फाइनल पुगेको थियो। दिल्लीले सन्दीपलाई २० लाख भारतिय रुपैयाँमा पहिलो पटक टिममा आवद्व गरेको थियो।

त्यसपछिका दुई संस्करणमा दिल्लीले सन्दीपलाई कतिमा आवद्व गर्यो खुलाएको थिएन। यो सँगै अब सन्दीपलाई आईपीएलका कुनै पनि टोलीले अनुबन्ध गर्न सक्नेछन्।

सन्दीप अहिले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेलिरहेका छन्। उनी यो संस्करण होबर्ट हुरिक्यान्सबाट खेलिरहेका छन्।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : २४ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को