प्रधानमन्त्री कप क्रिकेट : आजको खेलमा आर्मी र पुलिस विजयी | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आजको खेलमा आर्मी र पुलिस विजयी


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेका छन् ।

मूलपानी क्रिकेट मैदानमा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दा अर्को खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकालेको हो ।

आर्मीले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो । पुलिसले जारी प्रतियोगितामा पहिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले लगातार दुई खेलमा नै पराजय भोगेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश–१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्दा आर्मीको जारी प्रतियोगितामा लगातार तेस्रो जित निक्लिएको हो ।

आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाउँदा भिम सार्कीले २९, राजेश पुलामी २४ रनमा नट आउट रहे । लोकेश बमले १३ रन बनाए ।

प्रदेश–१ का फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभंकर उराले १-१ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश–१ ले ४०.१ ओरभमा सबै विकेट गुमाएर मात्र १ सय ३१ रन जोड्न सक्यो ।

प्रदेश–१ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९, दिपेश कँडेलले ११ रनको योगदान गरे ।

बलिङमा आर्मीका शाहब आलमले ४ विकेट हात पार्दा आकाश चन्दको नाममा ३ विकेट रह्यो । जितसँगै आर्मी सेमिफाइनल नजिक पुगेको छ ।

समूह ‘ए’ को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ । यसअघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो ।

समूह ‘ए’ मा रहेको प्रदेश–१ यस अघि एपिएफ र गण्डकी प्रदेशसँग पराजित भएको थियो । यो सँगै प्रदेश–१ को नकआउट चरण यात्रा समाप्त भएको छ ।

अर्को खेलमा पुलिसलाई पहिलो जिताउनका लागि सुनिल धमला र कुशल भुर्तेलले अर्धसतकीय इनिङ्स खेले । धमलाले ५३ रन जोड्दा कुशल भुर्तेल ५१ रन नटआउट रहे ।

सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको हो । पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए । अमित श्रेष्ठ १ रनमा अविजित रहे । सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३.१ ओभरमा सबै बिकेट गुमाएर १ सय १० रन जोडेको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे । अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रनको व्यक्तिगत स्कोर बनाए ।

सुदूरपश्चिमको इनिङ्सलाई न्युन स्केरमा रोक्न पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४÷४ विकेट लिए । दुई खेलबाट पहिलो जित निकालेको पुलिसको २ खेलमा तालिकामा २ अंक भएको छ । समूह ‘बी’ मा रहेको पुलिस पहिलो खेलमा बाग्मती प्रदेशसँग पराजित भएको थियो ।

सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो । सुदूरपश्चिम पनि पहिलो खेलमा बाग्मतीसँग नै पराजित भएको थियो । लगातार पराजय भोगको सुदूरपश्चिमको अघिल्लो चरणको यात्रा कठिन भएको छ । आगमी खेलमा अघिल्लो चरण प्रवेशका लागि जित्ने पर्ने दबाब भएको छ ।

प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबले लम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्दा मूलपानी मैदानमा एपिएफ क्लबले गण्डकी प्रदेशसँग खेल्ने छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : २८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन