लुम्बिनी प्रदेशमा टिपरलाई टाइम कार्ड | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशमा टिपरलाई टाइम कार्ड


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- निर्माण सामग्री ओसार्ने टिपरका कारणले सवारी दुर्घटना बढ्दै गएको भन्ने जनगुनासो बढ्न थालेपछि लुम्बिनी प्रदेशमा टिपरलाई टाइमकार्ड लागु गरिएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार टिपरका लागि टाइम कार्ड लागु गर्दै लेन अनुशासनमा पनि जोड दिइएको छ ।

तीव्र गतिका कारण दुर्घटना बढेको ठहर गर्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले पाल्पाबाट बुटवल हुँदै भैरहवा र नवलपरासीतिर चल्ने टिपरलाई यही साता टाइम कार्ड लागु गरेको हो ।

टाइम कार्ड लागु भएपछि पाल्पाको दोभानबाट बुटवलको धागो कारखाना (रामनगर) सम्म बढीमा २० किलोमिटको प्रतिघण्टा गतिमा टिपर चलाउनुपर्छ ।

धागो कारखानाबाट नवलपरासी (पश्चिम) को सुनवल र बुटवलबाट भैरहवासम्म प्रतिघण्टा ३० किलोमिटरभन्दा बढी गतिमा चलाउन पाइने छैन ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक, डम्बरबहादुर विकका अनुसार यी सडकमा चल्ने टिपरले तोकिएको स्थानमा अनिवार्यरूपमा टाइम कार्ड देखाएर अभिलेख गराउनु पर्नेछ । चेक प्वाइन्टमा जानकारी नगराई भागेमा वा तोकिएको समयभन्दा छिटो दूरी पार गरेमा जरिवाना हुनेछ ।

कोरोना भाइरस महामारीका कारण बन्द भएका गाडीको चाप पुरानै अवस्थामा फर्किसकेको छ । तीव्र गतिमा गाडी चलाउने र लापरबाही गर्ने गरेको भन्ने गुनासो बढ्न थालेपछि दुर्घटना कम गर्न टिपरका लागि टाइम कार्ड लागु गरिएको प्र्रहरी उपरीक्षक विकको भनाइ छ ।

त्यस्तै, प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडक लेन अनुशासनलाई पनि प्राथमिकता दिएको छ । प्रहरीले चालकलाई सडक लेन अनुशासन पालना गराउन ठाउँठाउँमा प्रचार सामग्री राख्ने, लेन अनुशासन उल्लंघन गर्नेलाई प्रहरी कार्यालयमा प्रशिक्षण दिने लगायतका काम गर्ने भएको छ ।

चालकले सडक लेन अनुशासन पालना नगरेको र तीव्र गतिमा लापरबाहीपूर्वक टिपर चलाउने गरेका कारण दुर्घटना बढेको निष्कर्ष प्रहरीको छ ।

१३ प्रतिशतले दुर्घटना वृद्धि

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा दुर्घटना संख्या झण्डै १३ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको साउनदेखि पुससम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा ५६६ वटा दुर्घटना भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६३७ वटा दुर्घटना भएका छन् ।

कोरोना भाइरस महामारीका कारण न्यून संख्यामा सवारी साधन सञ्चालन भए पनि दुर्घटना बढेको पाइएको छ । सडक खुला भएका कारण चालकको लापरबाही र तीव्र गतिले दुर्घटना बढेको प्रहरी उपरीक्षक विकले बताए । दुर्घटनाको संख्या बढे पनि मृत्यु संख्या भने घटेको छ ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा सवारी दुर्घटनामा लुम्बिनी प्रदेशमा २७६ जनाको ज्यान गएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २५६ जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ लाख ३४ हजार ७२० सवारी साधनलाई कारबाही गरेको छ ।

यसबाट ८ करोड ५२ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ । यो रकम गत आर्थिक वर्षको पहिलो ६ महिनाको भन्दा २८ प्रतिशत बढी हो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  २ : ४५ बजे

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले

कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्म कैद

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्म कैदको फैसला भएको

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका