साग सम्पन्न भएको एक वर्षपछि सबै समिति विघटन | Khabarhub Khabarhub

साग सम्पन्न भएको एक वर्षपछि सबै समिति विघटन


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।

१३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानिय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३ औं साग कार्यकारी समितिको सचिवालय माघ ५ गतेदेखि विघटन गर्ने निर्णय गरिएको हो ।

बैठकले १३ औं सागको सफलताका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, नेपाल सरकार मन्त्री परिषद्, युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, पर्यटन मन्त्रालय, वन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय सरकार वाग्मती प्रदेश, गण्डकी प्रदेश र २ नं. प्रदेश, काठमाडौँ, पोखरा र ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, विभिन्न संघ संस्था, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, प्रायोजकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न समितिहरु, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानीय सहजीकरण समिति, उपसमिति, कार्यदल, राष्ट्रिय संघहरु, खेलाडीहरु, कर्मचारीहरु, पत्रकारहरु, दर्शकहरु र प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सबैमा १३ औं दक्षिण एशियाली खेलकुद आयोजक समितिका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दै धन्यवाद दिने निर्णय पनि गरेको छ ।

२६ खेल समावेश १३ औं साग २०७६ साल मंसिर १५ देखि २४ गतेसम्म भएको थियो । ऐतिहासिक सफलता हात पार्ने क्रममा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी २ सय ७ पदक जितेको थियो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ०९ बजे

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा